Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पात्र स्थिर तर चरित्र फरक - केपी ओली

केपी ओलीको पक्षमा र बिपक्षमा धेरै मिडियाबाजी भएका छन् । पक्षमा लेख्नेले राष्ट्रबादको दुहाई दिने गरेका छन भने बिपक्षमा लेख्नेले बिखण्डनकारी सम्म भन्न भ्याएका छन् । दुबैमा आग्रह पूर्वाग्रह झल्किने गरेका उदाहरणहरु टन्नै छन् । तर एउटा आम स्वतन्त्र नागरिकको आँखामा केपी ओली को हुन् त भनेर शायदै बहस छलफल हुने गर्दछ ।
अक्सर हावापानी बिग्रीईरहने नेपाली राजनीतिमा ओलीले आफ्नो राष्ट्रबादको प्रयोग गरेर आतंकको फल सृजना गर्नु कुनै नौलो बिषय रहेन
समस्या न त मार्क्सबादमा हो, न त समाजशास्त्रमा हो । खास समस्या त वर्तमान राजनीतिको कचिङ्गलमा छ । दशकौंसम्म अस्थीर रहेको नेपालको राजनीतिक परिदृश्यले कहिले कहिले केपी ओलीको माग गर्दछ र समयानुसार पूरा पनि हुन्छ । तर राजनीतिको यो माग \"इफेन्टिभ डिमाण्ड\" हो या \"नेगेटिभ डिमाण्ड\" हो, त्यसको मूल्यांकन गर्ने जिम्मा समयको गर्भ भित्र छोड्न सकिन्छ ।
[caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"] ईश्वर अर्याल[/caption] इतिहासमा हरेक सकारात्मक घटनाहरुको पछाडी एउटा नकारात्मक कारण रहने गरेको छ । समाजको घटनाक्रमलाई पछाडी फर्काउन खोज्ने पात्रहरु भएकै कारणले समाज अघि बढ्न सफल हुन्छ । यहाँनेर के कुरामा स्पष्ट हुन जरुरी छ त भन्दा समाज अघि बढ्ने सन्दर्भमा बहस तब हुन्छ जब समाजलाई पछाडि फर्काउनेहरु कृयाशील हुने गर्दछन, नत्र समाजको आफ्नो गति हुन्छ । बाह्य शक्तिको प्रयोग भएन भने भौतिकशास्त्रको नियमानुसार समाजको गतिमा कुनै फेरबदल आउँदैन । राजनीतिमा पनि आइस नजम्नेबेलासम्म केहि \"आइसब्रेक\" हुँदैन ।
पात्र स्थीर तर चरित्र फरक, सिद्धान्त स्थीर तर प्रयोग फरक, मानकहरु स्थीर तर मानहरु फरक र शब्दहरु स्थीर तर अर्थहरु फरक जस्ता घटनाहरु कहिँ हुन्छन भने नेपाली राजनीतिमा हुन्छ । यहाँ आवश्यकता अनुसार बहसहरु हुँदैनन बरु बहसहरुलाई आवश्यकता अनुसार सृजना गरिन्छ । दश बर्षसम्म संघीय  लोकतान्त्रिक गणतन्त्रको उपहार खाइसकेर अन्त्यमा ब्यबस्थापनको झन्झटले यो काम छैन भन्दिन सक्ने नेपालमा एउटै स्थीर पात्र थिए ति हुन केपी ओली तर बितेको दश बर्षमा कम्तिमा पनि उनले एकदर्जन जति चरित्रको भुमिका निभाए ।
नेपालमा धेरै भएको थियो, त्यस्तो खहरे राजनेता उदाएको थिएन जसले भारतको आतंक देखाएर राष्ट्रबादी रोटी सेकोस । मदन भण्डारीले भारतलाई र राजालाई साइजमा बस्न भनेर मन्चबाट सबैको सामुन्ने भन्दथे तर यहि मुद्दालाई आगो बनाएर स्वार्थको रोटी सेकेनन
 पृथ्वीनारायण शाहले दक्षिणको छिमेकी दुष्ट छ, सजग रहनु भनेका थिए । उनले दक्षिणको छिमेकीलाई देखाएर नेपालमा आतंक फैलाउनु भनेका थिएनन । यहाँ त दक्षिणको छिमेकी मात्र होइन, इतिहास भैसकेको सिक्किम देखाएर, बंगलादेश देखाएर, भुटान देखाएर जनता आतंकित पार्ने काम भैरहेको छ र त्यो सबै ओलीले देखाएको राष्ट्रबादी मान्यता अनुसार भैरहेको छ । कुनै बेला खुकुरीदलको आतंक, कुनै बेला झापाकाण्डको आतंक, कुनै बेला मण्डलेहरुको आतंक, कुनै बेला माओबादीको आतंक हुँदै गुज्रेको समाज आज भुटानको, सिक्किमको आतंकको शिकार भैरहेको छ र यो नै नेपालको राजनीतिको निरन्तरता हो ।
अहिले पाँच वटा जिल्ला लगे, त्यसपछी पश्चिमका जिल्लाहरु लैजान आन्दोलन गर्नेछन, त्यसपछी पूर्वका जिल्ला माग्नेछन, अनि तराई सम्लक्क भारतमा गाभ्नेछन । कोशी लैजानेछन, कर्णाली लैजानेछन, लुम्बिनी लैजानेछन । यहाँनेर सबै कन्फ्युज भएको बिषय भनेको के हो त भन्दा यो लैजानेछन भनेको भविष्यवाणी हो की,  धम्की हो, सुचना हो, आतंक हो या तयारी हो ? लाने कसले हो ? दिने कसले हो ? तराईका जिल्लाहरुलाई राष्ट्रबादी नाइलनको डोरीले पहाडी जिल्लासंग नबाँध्ने हो भने बिहारको धानखेती चर्न गैहाल्ने चाहिँ जिल्ला हुन की बाख्रा हुन ? यस्ता तर्कहरु कुनै बौद्धिक वर्गले गर्ने तर्क नै होइनन । भर्खर फेसबुक चलाउन जानेका केटाकेटीहरुलाई प्रिय लाग्ने यस्ता मौसमी तर्कहरुको प्रयोग गरेर यदि नेपालमा राजनीति हुन्छ भने नेपालको राजनीति कुन स्तरमा गिरेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।
नेपालमा धेरै भएको थियो, त्यस्तो खहरे राजनेता उदाएको थिएन जसले भारतको आतंक देखाएर राष्ट्रबादी रोटी सेकोस । मदन भण्डारीले भारतलाई र राजालाई साइजमा बस्न भनेर मन्चबाट सबैको सामुन्ने भन्दथे तर यहि मुद्दालाई आगो बनाएर स्वार्थको रोटी सेकेनन ।
एमालेले लिएको राजनीतिक लाइन सहि भएन भन्नुमात्र पर्छ, सयौं बिकृतहरुले भारतिय दूतावासको हुन्डी खाइसक्यो भनेर लान्छना लगाउन अघि सरिहाल्छन । यस्तो राजनीतिक संस्कार नेपालको अव्यवस्थित घटनाक्रममा मात्र सम्भव छ । राजनीतिमा सुध्रिन नचाहने एउटा पात्रले ठुलै बितण्डापछी सुध्रनुको महत्व जनतालाई बुझाएर गएका इतिहास हामिसमक्ष धेरै छन ।
यस्तो खालको राजनीतिक संस्कारको इतिहास धेरै लामो छ । २०३६ सालको जनमत संग्रह भन्दा अगाडी पन्चायत ढाल्ने कसरत गर्नको लागी पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको घटनालाई राजधानीमा उछालिएको थियो । राजा विरेन्द्रलाई जियाउल हक संग तुलना गरियो, र सम्भावित जनमतसंग्रहको मन्चन गरियो । त्यतिबेला पनि जनता आतंकित पार्ने काम भएको थियो पाकिस्तानलाई देखाएर । त्यतिबेला राजसंस्थालाई जियाउल हकसंग तुलना गर्नेहरु अहिले त्यही राजाले दिएको २०४६ सालको संबिधानलाई मातृबत्सल्यताको सम्मानले पूजा गर्ने गर्दछन ।
अरु देशको डर त्रास देखाएर नेपालमा राजनीति गर्न सक्ने खुबी भएका एकमात्र राजनीतिज्ञ केपी ओली हुन । नाकाबन्दीको पृष्ठभुमि र संघियताको कार्यान्वयनको घटनाक्रमलाई जोडेर एउटा थ्री डी इमेज तयार गर्दै जनतालाई राष्ट्रघात भएको स्पष्ट तस्वीर देखाउन सफल भएका छन् । माओबादीले लिएको हिंसात्मक युद्धको रणनीति भारतमा बसेर बनाएको दलील दिँदै आफु राजनीतिमा भारत बिरोधी एक्लो बृहस्पती भएको एउटा अल्पकालिन दृष्टिभ्रम छर्न सफल भएका छन केपी ओली । नेपालको राजनीतिमा यस्ता पात्रहरु अक्सर देखिने गर्दछन र पछिल्लो अवतार केपी ओली हुन । उनी अल्पकालिन समयले मागेको राजनीतिक पात्र हुन् । जसरी एउटा हिन्दी गित \"कोलाबरी डी\" रातारात चर्चामा आयो, संसारभर सबभन्दा धेरै हेरिएको गीत बन्यो र त्यसैगरी बिलाएर गयो ।
न कुनै बाद, न कुनै सिद्धान्त र न कुनै कार्यदिशा र अहिले अचाक्ली बाढी आएको बर्षे राष्ट्रबाद र त्यसको प्रणेता ओलीले दिने दुहाईहरु नेपाली राजनीतिमा बिलकुलै सान्दर्भिक घटनाहरु हुन । नयाँ केहि भएकै छैन, सबै पुरानोका निरन्तरताहरु हुन् किनभने नेपाली राजनीतिक शब्दकोषमा \"लाज\" भन्ने शब्द राखिएको छैन । महाकाली सन्धीको बिरोध गर्दा पनि राष्ट्रबाद र ल्याप्चे लगाउँदा पनि राष्ट्रबाद हुने कुनै पार्टी नेपालमा छ भने त्यो केपी ओलीको पार्टी नेकपा एमाले नै हो ।
आशा गरौं, आकाशमा रहेको भारतिय आतंकको कालो बादलको घेरामा एउटा दरिलो राष्ट्रबाद लुकेको छ । हावापानीको प्रभावले गर्दा कहिले कहिले बोटमा पनि अनपेक्षित फल लाग्दछ, त्यसलाई बोटमा रहिरहन दिइयो भने स्वाभाविक रुपमा लाग्ने फलहरुलाई जरुर असर गर्दछ । अक्सर हावापानी बिग्रीईरहने नेपाली राजनीतिमा ओलीले आफ्नो राष्ट्रबादको प्रयोग गरेर आतंकको फल सृजना गर्नु कुनै नौलो बिषय रहेन । ढुक्क के कुरामा हुनुपर्छ भने केपी ओली अव्यवस्थित राजनीतिको नितान्त मौलिक सृजना हुन र आकाश सफा हुनको लागी पानी पर्ने बादलको संकेत हुन । घामको तातोले जम्मा भएको वाफ चिसोमा जमेर पानी बनी फेरि धरातलमा झर्नुको बिकल्प नभए झैं, नेपाली राजनीतिक चक्र पुरा गर्न ओलीजस्ता फरक फरक चरित्र बोक्ने पात्रहरु एकदमै आवश्यक छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending