Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गरगहना नभएका मन्त्री महरा मात्रै

\"\"काठमाडौं, ३० मंसिर । प्रधामन्त्रीसहित मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको गरगहनाविहीन रहेको खुलेको छ । अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको भन्दै ६० तोला सुन र १५० तोला चाँदी रहेको छ । तर उनले ती सुनचाँदी दाइजोबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । नेपालका मन्त्रिहरुको सम्पत्ति सुनचाँदीदेखि हिरामोतीसमेत छन् । गरगहना नै नभएका मन्त्रीदेखि किलोभन्दा बढी सुनचाँदी भएका छन् । कति छन् मन्त्रीका गरगहना ? सम्पत्ति विवरणअनुसार प्रचण्डले मात्रै ३ तोला सुन रहेको, त्यो पनि श्रीमती सीता दाहालको नाममा देखाएका छन् । यस्तै, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ६० तोला सुन १५० तोला चाँदी रहेको छ भने सहरी विकास मन्त्री अर्जुननरसिंह केसी ५० तोला सुन, ५२५ तोला चाँदी रहेको जनाइएको छ । भौतिक पूर्वाधार मन्त्री रमेश लेखक ३० तोला सुन ५० तोला चाँदी रहेको छ भने ऊर्जामन्त्री जनार्दन शर्मा २ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत ३० तोला सुन १७० तोला चाँदी रहेको छ भने रक्षामन्त्री बालकृष्ण खाँडको ४० तोला सुन ६० तोला चाँदी, आपूर्तिमन्त्री दीपक बोहराको १२० तोला सुन, ५ सय तोला चाँदी र तीन सेट हिरासमेत रहेको छ । यस्तै, भूमिसुधारमन्त्री विक्रम पाण्डेको १ सय तोला सुन, २ किलो चाँदी, सञ्चारमन्त्री सुरेन्द्र कार्की १० तोला सुन, स्थानीय विकाश मन्त्र िहितराज पाण्डेको ८ तोला सुन रहेको छ भने शान्तिमन्त्री सीतादेवी यादवको ५३ तोला सुन, १९२ तोला चाँदी तथा तीन सेट हिरा रहेको सम्पत्ति विवरणमा जनाइएको छ । यस्तै, स्वास्थ्यमन्त्री गगन थापाको सुन १६ तोला, चाँदी २ सय तोला तथा केही हिरासमेत रहेको जनाइएको छ भने वनमन्त्री शंकर भण्डारी ४५ तोला सुन, ६० तोला चाँदी, उद्योगमन्त्री नबिन्द्रराज जोशी १ सय तोला सुन, सुई सेट हिरा, दुई सेट मणिक रहेको छ । यसैगरी, सिँचाइमन्त्री दीपक गिरीको ५० तोला सुन र डेढ किलो चाँदी रहेको छ भने सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी ५० तोला सुन, ५ सय तोला चाँदी रहेको छ । यस्तै, वाणिज्यमन्त्री रोमी गौचन थकाली ७० तोला सुन, पर्यटनमन्त्री जीवनबहादुर शाहीको ५७ तोला सुन र एक किलो चाँदी, श्रममन्त्री सूर्यमान गुरुङ ७५ तोला सुन र २ सय तोला चाँदी तथा दुई सेट हिरा, कृषि विकाशमन्त्री गौरी शंकर चौधरीको ५ तोला सुन र १० तोला चाँदी रहेको छ । यस्तै, खेलकुद मन्त्री दलजित श्रीपालीको २ तोला सुन, शिक्षामन्त्री धनीराम पौडेलको १० तोला सुन, वातावरणमन्त्री जयदेव जोशीको एक पाउ सुन र आधा किलो चाँदी, कानूनमन्त्री अजयशंकर नायकको १५ तोला सुन र ४० तोला चाँदी, गरिबी निवारणमन्त्री हृदयराम थानी ६६ तोला सुन र ३ किलो चाँदी गरगहना रहेको सम्पत्ति विवरणमा जनाइएको छ । प्रधामन्त्रीसहित ३१ जना मन्त्रीको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending