Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मङ्गल ग्रहमा देखियो अनौठो दृष्यः प्राकृतिक संरचना कि उच्च वौद्धिक प्राणीको अस्तित्व ?

\"\"वासिङ्गटन, ३० मंसिर । पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह रेड प्लानेट” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला धरहरा ९टावर० देखिएका छन् । झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाई चार हजार आठसय मिटर ९४।८ किलोमिटर भन्दा कम नरहेको अड्कल गरिएको छ । ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा (स्ट्रेट लाइन) मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ । एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोस्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोस्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन । यस अघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोस्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् । पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै खुल्दुली मच्चाएको छ । अन्य ग्रह (बिशेषतः मङ्गल ग्रह) मा पनि मानव भन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरु (अलाइन इन्थुजियाजिस्ट्स) ले पनि यस तस्वीरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दावी गरेका छन् । तस्बीर पोस्ट गर्ने सो अज्ञात ब्यक्तिले भने “टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने” भनी टिप्पणी समेत गरेका छन् । मङ्गल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ता र अलाइन इन्थुजियाजिस्ट्सहरु भन्छन् । यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था – नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि । टावरहरु तस्वीरमा अग्ला र ठूला देखिन गए तापनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्वीरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरुको भनाइ छ । टावर भन्ना साथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीहरुले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई “प्यारेडोलिया” भन्छन् । मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको “प्यारेडोलिया” नै हो – नासाका बैज्ञानिकहरुको टिप्पणी छ । राससर /सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending