Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

०७४ माघभित्र तीन तहको निर्वाचन गरिसक्ने सरकारको तयारीः मन्त्री पाण्डे

\"\"पोखरा, २९ मङसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताएका छन् । पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको बुधबार उद्घाटन गर्दै उनले सरकार निर्वाचनका लागि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको प्रतिक्षामा रहेको बताए । मन्त्री पाण्डेले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्ने बताउँदै संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गरे । स्थानीय सक्रियतामा हुने कुनै पनि विकास निर्माणका कार्य गुणस्तरीय र छिटोछरितो हुने गरेको बताउँदै उनले भने — विकास निर्माण कार्यमा सबै पक्षको सहयोग, समन्वय र सक्रियता आवश्यक रहेको छ । व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले झोलुङ्गे पुलले तत्कालीन आवश्यकता पूरा भए पनि दीर्घकालीन सुविधाका लागि फुस्रेखोलामाथि मोटरेवल पुल निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिए । कार्यक्रममा झोलुङ्गे पुल निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउने हेमकुमार श्रेष्ठ, बेदनाथ आचार्य, पूर्णकला आचार्यलगायत जग्गादातालाई सम्मान गरिएको थियो । तोकिएको समय भन्दा पाँच महिना अगाडि निर्माण सम्पन्न भएको २७६ मिटर लम्बाइको सो पुल रु एक करोड २२ लाख ५० हजारको लागतमा निर्माण गरिएको हो । पुल निर्माणपछि पोखरा २४ का स्थानीयबासिन्दालाई पोखरा आवतजावतमा डेढ घन्टाको समय छोटिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending