Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

महोत्तरीकी सुनैनाले जितिन् अमेरिकामा उपाधि

\"\"महोत्तरी, २८ मङ्सिर । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन् । उनले मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि मधेसी महिलाका लागि एक उदाहरणीय नामका रुपमा परिचित भएकी हुन् । जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैना ठाकुर मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि उनलाई सहज भने थिएन । उनी वर्षौंसम्म सङ्घर्ष गरेर आफ्नो कलालाई विश्व बजारमा प्रदर्शन गरेर यो सम्मानको हकदार बनेकी हुन् । दृढ अठोट र निरन्तरको लगनशीलताको कारणले मिथिला चित्रकलाको व्यवसायीकरणको माध्यमबाट सानो गाउँबाट अमेरिकासम्मको यात्रा गर्न आफू सफल भएको सुनैनाले प्रतिक्रिया दिइन् । ठाकुरले भनिन्, “परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन आफू सफल भएकी हुँ । यसमा आफूलाई गर्व छ ।” मिथिला चित्रकलालाई व्यावसायीकरण गर्नुका साथसाथै यस क्षेत्रका महिलालाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैनालाई केही दिनअगाडि न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अर्वाड्स द फेस अफ पिस’ बाट सम्मानित गरेका हुन् । सर्लाहीको श्रीनगर–५ मा माइती रहेकी सुनैनाले बच्चैदेखि आमाले बनाउने गरेको पेन्टिङ देखेर हुर्केकीले आफूले सोही अनुसार नै चित्र बनाउने कार्यलाई निरन्तरता दिँदै आएकी उनले पत्रकारसमक्ष बताइन् । आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरु बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानु परेको स्मरण गर्दै उनले भनिन्–“अन्ततः आफूले सोही चित्रको माध्यमले अन्तर्राष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ ।” आफूले आफूभित्र रहेको कलालाई जीवन्त राख्नका लागि घरकै पर्दा, बेडसिट, तन्ना लगायतमा चित्र कोर्ने गर्दै आएको सुनैनाले बताइन् । गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफूले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाए पनि विवाहको केही वर्षसम्म यसमा अवरोध सृजना भएको बताइन् । एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको उनले सुनाइन् । सानैदेखिको लगाव र सन् २००८ मा सर्च फर कमन ग्राउन्डले दिएको अवसरको उपयोग गर्दै सुनैना अहिले यहाँसम्म आउन सफल भएकी छिन् । उनलाई यहाँसम्म आउनका लागि सर्चकै मीना शर्मा, श्रीमान, घरपरिवार र साथीभाइको भरपुर सहयोग प्राप्त भएको थियो । सर्चसँग सम्बन्ध गाँसिएपछि उनले चित्रकलाको व्यवसायीकरण र महिलालाई तालिम दिनका लागि विसं २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराइन् र मिथिला पेन्टिङ गर्ने कार्यलाई अघि बढाउँदै लगिन् । घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भनिन्, “अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन् ।” आफू महिलाको क्षमता विस्तार र व्यवसायीकरणका लागि काम गर्ने बताउँदै यसमा सबैको सहयोग उत्तिकै जरुरी रहेको समेत बताइन् । सुगाका महिलाले बनाएका चित्र राजधानी काठमाडौँका अतिरिक्त अमेरिका, युरोप, अस्ट्रेलिया लगायत देशमा समेत पुगिसकेका छन् । निरन्तरको प्रयास र अगुवाइलाई सलाम गर्दै युएनडिपीले पनि यसअघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरिसकेको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending