Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

एमाले संघीयता र समावेशिता विरोधीः महामन्त्री शुक्ला

भैरहवा, २५ मंसिर । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का महामन्त्री शर्वेन्द्रनाथ शुक्लाले नेकपा (एमाले) संघीयता र समावेशिताको विरोधी भएको आरोप लगाएका छन् । तमलोपा रुपन्देहीद्वारा शनिबार भैरहवा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शुक्लाले सो कुरा बताएका छन् । उनले मधेस आन्दोलनबाट देशमा संघीयता र समावेशिता आएको जनाउँदै नेकपा एमालेले पहिले पनि र अहिले पनि त्यसको विरोधी गरेको बताए । शुक्लाले भने– उनीहरुले सुरुदेखी नै संघीयता–समावेशिता चाहेका थिएनन्, अहिले पनि उनीहरुले संघीयताको विरुद्ध वक्तव्यबाजी गर्दै हिडेका छन् । संघीयता हामीले कमाएको सम्पत्ती हो, मधेश आन्दोलनले कमाएको सम्पत्ति हो, उहाँहरु (एमाले) ले कमाएको सम्पत्ति होइन । त्यसैले उनीहरुलाई संघीयताप्रति कुनै चिन्ता छैन, उनले भने । अहिले प्रदेश नम्बर पाँचमा भइरहेको आन्दोलन गलत भएको जनाउँदै पूर्वमन्त्री समेत रहेका शुक्लाले भने– दुनियाँको इतिहास हेर्नोस्, उत्पीडित समुदायले अधिकार पाउँदा कहाँ र कुन देशमा देश विखण्डन भयो, उनले प्रश्न गरे । बरु उत्पीडित समुदायलाई अधिकार दिँदा देश सम्पन्न हुने उनको तर्क थियो । उनले पाँच नम्बर प्रदेश टुक्राउँदा दुवै प्रदेश आर्थिक रुपमा सबल र विकसित हुने दावी समेत गरे । उनले एमालेलाई सदन र सडक आन्दोलन छोडेर वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरे । अधिकांश समय एमालेप्रति खनिएका शुक्लाले एमालेले संसदीय व्यवस्था स्वीकारे पनि त्यसको व्यवस्था विरुद्ध अस्थिरता ल्याउनतर्फ उन्मुख रहेको आरोप लगाए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा आफैले हस्ताक्षर गरेको सहमति मान्दैनौं, तराई र पहाड अलग गराए देश विखण्डनमा जान्छ भन्नु रहस्यमय खेल भएको उनको तर्क थियो । संविधान संशोधन नभए देश दुर्घटनामा जाने र सधै देशमा अस्थिरता कायम रहनेतर्फ इंकित गर्दै महामन्त्री शुक्लाले मोर्चा र आफ्नो पार्टीले सधैभरी देशको हितमा काम गर्ने बताए । उनले भने – एमालेले देशलाई झन पछि झन अस्थिरतातर्फ धकेल्दै छ, जनतालाई दिग्भ्रमित बनाएर संकट निम्त्याउन लागेको छ, त्यसतर्फ मोर्चा सचेत छ । नागरिकताको सवालमा आफूहरुले अन्तरिक संविधानले गरेको व्यवस्था बमोजिम हुनुपर्ने धारणा राखेको जनाउँदै शुक्लाले भने– मोर्चा र तमलोपाले कहिले भन्यो अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री र देशका प्रमुख अंगहरुमा पु¥याउनुपर्छ भनेर, उनले प्रश्न गरे । उनले अंगीकृतलाई प्रमुख पदमा नभई समानताको व्यवहार गर्नुपर्छ भन्ने माग मात्र आफूहरुको रहेको उनको धारणा थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending