Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पूर्वाञ्चलका ब्याडमिन्टन खेलाडी छनौट सम्पन्न

[caption id=\"attachment_106268\" align=\"aligncenter\" width=\"750\"]\"\" फाइल फोटो[/caption] धनकुटा, २४ मंसिर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएका छन् । प्रतियोगितामा प्रथम स्थानसहित भोजपुरका विवेक श्रेष्ठ, उपविजेता खोटाङका जीवन आचार्य तथा भोजपुरकै विशाल मोक्तान, सुनसरीका सुजन श्रेष्ठ, सुनसरीका प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ छनौट भएका छन् । छनौट प्रतियोगिताको फाइनलमा पुरुष सिङ्गलतर्फ भोजपुरका विवेक श्रेष्ठले खोटाङका जीवन आचार्यलाई २३–२१, २१–१५ को सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गरेका छन् । महिलातर्फ प्रथम स्थानसहित मोरङका सीमा राजवंशी तथा उपविजेता खोटाङका सुजाता राई छनौट भएका छन् । यसैगरी, छनौटभएका अन्य खेलाडीमा सीताकुमारी राई, भोजपुर, रीमा कर्माचार्य, सुनसरी र नीता लम्साल, मोरङ, रहेका छन् । महिलातर्फको फाइनल खेलमा मोरङका सीमा राजवंशीले खोटाङका सुजाता राईलाई २१–१४ पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लाबाट पुरुषतर्फ ६७ र महिलातर्फ ४२ जनाको सहभागिता रहेको थियो । छनौटमा परेका खेलाडी आगामी राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद समिति धनकुटाका अध्यक्ष योगेन्द्र राईले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending