Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

किन उपेन्द्रको साथ छाड्दैछन् गैरमधेसी नेता कार्यकर्ता

\"\" काठमाडौं, २३ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकताको हल्ला चलिरहेकाबेला गैरमधेसी नेता कार्यकर्ताले भने उपेन्द्रको साथ छाड्दै गएका छन् । पार्टी एकता गरिएपछि पनि उपेन्द्र मधेसीहरुको मात्रै भएको आरोप गैरमधेसी कार्यकर्ताले लगाउँदै आएका छन् । मधेसका हितमा मात्रै काम गर्ने गरेको आरोपमा पछिल्लो पटक राई समूहबाट एकतामा गएका नेताहरुले धमाधम पार्टी छाड्दै गएका छन् । पहिलो संविधानसभाको निर्वाचन अघि क्षेत्रीय पार्टी खोलेर मधेस केन्द्रित क्षेत्रीय राजनीति गर्दै आएका उपेन्द्रले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी राष्ट्रिय पार्टीका रुपमा दावी गर्दै आएका छन् । तर मधेसवादी दलहरुसँग मोर्चा बनाएर उपेन्द्रले पछिल्लो पटक मधेस आन्दोलन चर्काए । पाँच महिनाभन्दा बढी मधेस आन्दोलनबाट पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै मोर्चाका अरु दललाई पनि लतारेर उपेन्द्रले राजधानीमा छिराए । विभिन्न जानजाति समूहसहितको २९ दलीय संघीय गठबन्धन बनाएर राजधानी केन्द्रित आन्दोलन थालिए पनि आन्दोलन प्रभावकारी भएन । मधेसलाई छाडेर जनजातिको पछि लागेको भन्दै उल्टै मोर्चामा आवद्ध अन्य पार्टीका नेता उपेन्द्रसँग नै रुष्ट भए । उता मधेसीहरुकै विश्वास गुमाउन पुगेका उपेन्द्रलाई यता जनजातिहरुले पनि साथ छाड््दै जान थालेका छन् । उपेन्द्रका पाँच केन्द्रीय सदस्यसहित ९२ जना नेता कार्यकर्ता विहिबार पुरानै पार्टीमा फर्किए । फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनालले पार्टी परित्याग गरे । खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृति परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगरसहित९२ जना नेता कार्यकर्ता एकैसाथ पार्टी छाडेर एमालेमा फर्किएपछि उपेन्द्रलाई मात्र होइन, अशोक राईहरुमाथि पनि संकट थपिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending