Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

टहराका २० महिना : विकराल बन्दै बलात्कार र आत्महत्या

\"\"सिन्धुपाल्चोक, २२ मंसिर । अस्थायी टहरोमा बसिरहेका बेला गत ३ असारको दिउँसो ४ बजे लिस्तीकोट–३ मा १६ वर्षीया एक किशोरी बलात्कारको सिकार भइन् । गत ६ मंसिर मध्यदिनमै पांग्रेटार–९ दुईकिलोमा २९ वर्षीया रमिला ९नाम परिवर्तन० आफन्तबाटै बलात्कृत भइन् । आजको राजधानी दैनिकमा खबर छ– पीडित महिलाको उजुरीका आधारमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गोविन्द नेपालीलाई पक्राउ ग(यो । १० मंसिरमा किउलमा अर्की एक महिला बलात्कृत भइन् । टहरामा बसिरहेका बेला किउलकी ३२ वर्षीया राममाया (नाम परिवर्तन) लाई सोही ठाउँका एक वृद्धाले बलात्कार गरेको प्रहरी विवरणमा छ । राममायाले टहरामा आई आफूलाई बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले सोही ठाउँका ७० वर्षीय सेते तामाङलाई पक्राउ गरेको थियो । भूकम्पपछि टहरोमा बस्दै आएका महिला तथा किशोरीहरूले खेपिरहेको कष्ट तथा पीडाका घटनाका प्रतिनिधि उदाहरणहरू मात्र हुन् यी । प्रहरी कार्यालयमा दिनहुँजसो यस्ता घटनाहरू आइरहन्छन् । भूकम्पले घर भत्किएपछि पीडितको बास विगत २० महिनादेखि अस्थायी टहरोमा छ । अस्थायी टहरोको बास विशेष गरी किशोरी र महिलाहरूका लागि भने दिनदिनै कष्टकर र पीडादायी बन्दै छन् । तुलनात्मक रूपमा भूकम्पपछि जिल्लाका महिला किशोरीहरू असुरक्षित बनेको देखिन्छ । पछिल्लो पाँच महिनामा प्रहरीमा जबर्जस्ती करणीका आठ मुद्दा दर्ता हुनुले भूकम्पको डेढ वर्ष बितिसक्दा पनि महिलाहरू अझै असुरक्षित छन् भन्ने संकेत गरेको छ । भूकम्पपछि टहराको अव्यवस्थित बसाइमा महिलाहरूले सुरक्षित महसुस गर्न सकेका त छैनन् । अर्कातिर महिला हुनुकै कारण राहत तथा पुनर्निर्माण प्रक्रियामा सास्ती झेल्नुपरेको उदाहरण पनि धेरै छन् । पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता धमाधम वितरण भइरहँदा इर्खु–७ की सुनीता वनले भने पाउन सकिनन् । श्रीमानले दोस्रो विवाह गरी घर छाडेर हिंडेपछि उनी अलपत्र परेकी छन् । विवाह गरेको १० वर्ष बितिसक्यो, नौ वर्षको छोरा साथैमा छ । तर, उनीसँग नागरिकता छैन । नागरिकता नहुँदा उनी सरकारी अनुदान पाउनबाट वञ्चित बनिन् । विवाहपछि श्रीमान्लाई पटकपटक नागरिकता बनाउन आग्रह गर्दा पनि नबनाएको उनले सुनाइन् । ‘टहरामा दुःखजिलो गरी बसेका छौं, नागरिकता नभई पैसा दिएनन्,’ केही दिनअघि इर्खु पुग्दा टहराभित्रबाट सहायता माग्दै उनले भनिन्, ‘बूढो अर्कीलाई लिएर हिँड्यो, माइतीका कोही छैनन् ।’ विगत डेढ वर्षदेखि उनी अस्थायी बसोबासका लागि भनेर बनाइएको त्यही टहरामा बस्दै आएकी छन् । पुनर्निर्माणका लागि अनुदान सहायताको पहिलो किस्ता सबै लाभग्राहीका खातामा पठाइसकिए पनि दूरदराजमा पुनर्निर्माणको कामले गति लिएको छैन । ग्रामीण भेगका भूकम्पपीडितहरू अस्थायी रूपमा बस्न बनाइएका त्यही टहरामा छन् । महिनावारी हुँदा महिलाहरू टहरामा समस्या झेलिरहेका छन् । टहरामा बारबेर नहुँदा महिलाहरूका लागि कपडा फेर्नसम्म असहज भइरहेको बताउँछन् । ‘बारबेर छैन, कपडा फेर्नसम्म गाह्रो छ,’ इचोक–८ की ३४ वर्षिया मई तामाङले भनिन्, ‘महिनावारी हुँदा त झनै समस्या हुने गरेको छ ।’ टहराको बसाइमा महिनावारीका बेला सरसफाइ गर्न पनि असजिलो हुँदा अन्य शारीरिक समस्या देखा पर्न थालेको उनले सुनाइन् । ‘एक वर्ष हुन लाग्यो, कम्मरमुनि दुख्न थालेको छ,’ उनले सुनाइन् । भूकम्पपछि सिन्धुपाल्चोकमा आत्महत्याका घटनाले पनि विकराल रूप लिइरहेको प्रहरीको तथ्यांक छ । प्रहरीको पछिल्लो तथ्यांकअनुसार आत्महत्या गर्नेमा पनि पुरुषभन्दा महिलाहरू धेरै छन् । चालू आर्थिक वर्षको पछिल्लो चार महिनामै १५ महिलाले आत्महत्या गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending