Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दुई दिन सुदुरपश्चिम बस्न लागेका प्रचण्डको यस्तो छ १८ कार्यक्रम

\"\"काठमाडौं, २२ मंसिर । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज र भोलि सुदुर पश्चिमी क्षेत्रका विभिन्न गाउँमा बस्ने भएका छन् । सुदुर पश्चिमी क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रममा सहभागि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कैलाली, कन्चनपुर, दार्चुला, सुर्खेत र दाङका विभिन्न ठाउँमा उनले पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । त्यस्तै विभिन्न क्षेत्रमा गएर अबलोकन गर्नेछन् । यस्तो छ प्रचण्डको कार्यक्रम प्रधानमन्त्री प्रचण्ड विहान ८ बजे हेलिकप्टर मार्फत दाङको भालुवाङ गएका छन् । सिसनीय माध्यामिक विद्यालयमा साढे ९ बजे पत्रकार भेटघाट गर्नेछन् । १५ मिनेटको पत्रकार सम्मेलन सकिएपछि पार्टी कार्यकर्तालाई उनले आधा घण्टा प्रशिक्षण दिनेछन् । कार्यकर्तालाई प्रशिक्षणपछि साढे १० बजेदेखि साढे ११ बजेसम्म सिसनीयको राप्ति नदिमा निर्माण हुन लागेको पुलको शिल्यान्यास प्रचण्डले गर्नेछन् । शिल्यान्यासपछि आधा घण्टा फुर्सद मिलाएर सशस्त्र प्रहरी बल भालुवाङको प्रचण्डले दिवा खाना खानेछन् । त्यसपछि प्रचण्ड हेलिकप्टर मार्फत कैलाली जानेछन् । कैलालीको धनगढीमा कार्यालय प्रमुखहरुलाई कामबारे सोध खोज गर्नेछन् । प्रमुखहरुलाई निर्देशनसमेत दिने कार्यक्रम रहेको छ । प्रधनमन्त्री प्रचण्डले दिउँसोको २ बजे कैलालीको सुदुरपश्चिम महोत्सवको उद्धघाटन गर्नेछन् । दिउँसो साढे ३ बजे प्रचण्ड कन्चनपुर पुगेर दोधारी सुख्खा बन्दरगाहको अबलोकन गर्नेछन् । सो कार्यक्रम सकिएपछि प्रचण्ड कैलालीको साथि होटलमा गएर बास बस्नेछन् । २३ गते विहान साढे ७ बजे खप्तडको लागि जानेछन् । उनले आधा घण्टा खप्तडको अबलोकन गर्ने उनको तालिका सचिवालयले जनाएको छ । त्यहाँको अबलोकन सकिएपछि प्रचण्ड दार्चुला जानेछन् । दार्चुलामा उनले चमेलिया जलविद्युत आयोजनाको निरक्षण गर्नेछन् । निरक्षणको क्रममा उनले निर्देशन पनि दिनेछन् । त्यहाँ उनले करिब एक घण्टा बिताउनेछन् । दार्चुलाबाट प्रधानमन्त्री प्रचण्ड कैलाली फर्केर पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । करिब डेढ घण्टा प्रशिक्षण सकिएपछि प्रचण्ड ठिक १२ बजे दिवा खाना कैलालीमै खानेछन् । खानापछि डेढ घण्टा आराम गरेर दिउँसो २ बजे कैलालीबाट सुर्खेत हेलिकप्टर मार्फत जानेछ । त्यहाँ उनले सुर्खेत कर्णाली एक्स्पोको उद्धघाटन गर्नेछन् । त्यसपछि उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending