Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एमालेको कुबुद्धि र निर्वाचनको औचित्य

प्रसिद्ध नेपाली उखान छ, ‘बोकेको कुकुरले मृग मार्दैन ।’ उखानको तात्पर्य हो, ‘कुनै पनि कुराको परिणाम र व्यवहारका लागि पहिला विषयलाई गहिरो गरी आत्मसातीकरण गर्न आवश्यक छ ।’ दार्शनिकहरु भन्छन्, ’व्यवहार केवल विचारको प्रष्फुटनको उत्कर्ष हो ।’ कुनै पनि कुराको ईच्छाशक्तिले नै उक्त कुराको कार्यान्वयन प्रक्रिया कसरी अगाडि बढ्दछ भन्ने कुराको निर्धारण गर्दछ । तल्लो र माथिल्लो सदनमा जम्माजम्मी ११ सिट लिएर बसेको तात्कालीन एकता केन्द्रले गणतन्त्र र संविधान सभाको कुरा उठायो । तर, शक्ति केन्द्र र दवावका भरमा निर्णय गर्न अभ्यस्त नेपालका राजनीतिक दलहरुले मुद्धा हेरेनन्, शक्ति मात्रै हेरे । राष्ट्रिय आवश्यकताका दृष्टिले दुरगामी महत्वका एजेण्डालाई रछ्यानमा मिल्काइयो । परिणामले जनयुद्ध निम्त्यायो । प्रारम्भमा साना ठानिएका मुद्दाहरु बलशाली मात्रै भएनन्, थप एजेण्डाहरु पनि क्रमशः सतहमा आए । जनयुद्धको उत्कर्षले संविधान सभा, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको सवाल कसैले टार्नै नसक्ने गरी खडा भए । आधा प्रतिगमन सच्चिएको निष्कर्ष निकाल्दै नारायणहिटीमा लम्पसार पर्न याचना गरिरहेको एमाले त्यतिबेला छाँगाबाट खस्यो, जतिबेला ज्ञानेन्द्रले उनीहरुको याचनालाई ईन्कार गर्दै कांग्रेसकै कित्तामा धकेले । दरबारबाट समेत राजनीतिक रुपमा अविश्वासको परिस्थिति निम्तिएपछि एमालेले रङ् बदल्यो र भन्यो, ‘देशमा प्रतिगमन भयो, हामी पनि लोकतान्त्रिक लडाईमा सामेल हुन्छौं ।’ त्यसैको फलस्वरुप कांग्रेससँग मिसिएर एमाले जनआन्दोलनमा आउन बाध्य भयो । जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरिरहेका शक्तिहरुबीचको सहमतिले देशमा संविधान सभामार्फत् गणतन्त्रको स्थापना भयो । [caption id=\"attachment_105884\" align=\"alignleft\" width=\"200\"]\"\" लेखक[/caption] जनआन्दोलनको मोर्चामा एमालेका तात्कालीन प्रभावशाली उपमाद्वारा विभुषित नेता केपी शर्मा ओली सामेल थिएनन् । बरु, उनी आन्दोलनविरुद्ध जेहाद छेड्न उखान टुक्काको खेतीमा थिए । बुरुक्क उफ्रेर भन्थे, ‘बयलगाडा चढेर अमेरिका पुगिन्छ ? कसैले यस्तो भ्रम हाल्दिँदा पनि त्यसैको पछि दर्गुर्ने के म मूर्ख हुँ र ?’ कमल थापा, किर्तिनिधि बिष्ट लगायतकै लाइनमा उभिएर उनी गणतन्त्रको विरोध गर्थे । विरोधले गणतन्त्र रोकिएन । संविधान सभाको पहिलो बैठकले गणतन्त्रको स्थापना गरेरै छोड्यो । तर, केपी ओलीको मानसिकता फेरिएन । उनले भन्न छोडेनन्, ‘सेना समायोजन हुनै सक्दैन । संघीयता आवश्यक नै छैन, हामीलाई निदाएका बेला सिरिञ्ज लगाएर मान्न बाध्य बनाइयो, यहाँबाट ठूलो परिवर्तन दुनियाँमा कहाँ भएको छ ?’ जतिसुकै विरोध र अवरोध गरेपनि अग्रगमनको रेल अघि नै बढिरह्यो, साथमा ओलीको बेचैनी पनि । जीवनको उत्तरार्धमा सत्ताको सगरमाथा चढ्ने उनको लालसाले ओली संविधानवादी देखिए । ‘जति छिटो संविधान त्यति छिटो सत्ताको सगरमाथा’, यही निष्कर्षका साथ संविधान सभालाई भेडीगोठ भन्ने ओली नयाँ संविधानमा ल्याप्चे ठोक्न तयार भए । त्यसैको बलमा सात प्रदेशको प्रावधान सहितको संविधान सभाले प्रगतिशील संविधान जारी ग¥यो । संविधान घोषणापछि प्रचण्डको बैसाखीमा ओली प्रधानमन्त्रीको कुर्सीमा चढे । मधेशीहरु संविधानप्रति असन्तुष्ट थिए । ओली उनीहरुलाई सान्त्वना दिँदै भन्थे, ‘संविधान ढुंगामा लेखिएको अक्षर होइन, हाम्रो संविधान गतिशील छ, आउनुस्, बार्ताबाटै समाधान खोजौं, संविधान संशोधन गर्न कुनै समस्या छैन ।’ भारतको नाकाबन्दीपछि ओली–मधेशी दुरी बढ्यो । ओली पहाडी खस–आर्य नश्लको प्रतिनिधित्व गर्थे, भने मधेशीहरु जातिवादी सोंचको प्रतिनिधित्व गर्दथे । त्यसैको टक्कर राष्ट्रिय राजनीतिमा देखियो । यसले देशलाई अनिर्णयको बन्दी मात्रै बनाएन, परिस्थितिमा तत्काल सुधारको प्रयत्न नगर्ने हो भने राष्ट्रिय एकता एवं हिमाल, पहाड र तराईबीचको सम्बन्ध नै संकटमा पर्नसक्ने खतरा देखियो । त्यही परिस्थितिले ओलीको बिकल्प खोज्यो र सत्ताको चाँबी प्रचण्डको हातमा आइपुग्यो । जीवनको उत्तरार्धमा सत्ताको स्वाद चाख्ने लालसा पुरा भएपछि ओली ‘हलो अड्काएर गोरु चुट्ने’ धन्दामा छन् । उनी भन्छन्, ‘संघीयता जनआन्दोलनको माग नै होइन । विदेशीले घुसाएको एजेण्डा हो ।’ उनी भुल्दछन्, ‘एमालेले संघीयताका विभिन्न मोडल प्रस्तुत ग¥यो, निर्वाचनमा आफ्नो एजेण्डा बनायो, बहुपहिचानको वकालत ग¥यो ।’ तर, जब जनता झुक्याएर चुनाव जित्यो, खोलो त¥यो, लौरो बिस्र्यो । आजभोलि ओलीलाई चुनाव फेरि पनि आउँछ भन्ने हेक्का छैन । यद्यपि, ठगी धन्दाका हजारौं सुत्रका सुत्रधारहरु चुनावको बेला गुलिया नारा बनाउन माहिर हुन्छन्, त्यही विश्वासमा भोलिको सामना गर्ने मनस्थितिमा उनी देखिन्छन् । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । यो कुनै नयाँ प्रस्ताव होइन । विगतमा माओवादीले १४, ११ र १० प्रदेशका अलग अलग प्रस्ताव अघि सा¥यो । नेपाली कांग्रेस र एमाले त्यसमा तयार भएनन्, संविधान सभामा झडप भयो, राजनीतिक कोर्स फेरियो र दलहरु नयाँ शिराबाट सम्वादको प्रारम्भ गरे । त्यसैको परिणाम २०७२ जेठ २५ मा १६ बूंदे सम्झौता भयो र संविधान जारी गरियो । प्रमूख दलहरुद्वारा जारी गरिएको संविधान कार्यान्वयनको वातावरण बनाउन सरकारले कांग्रेस र एमालेद्वारा अघि सारिएको प्रस्ताव नै अघि सा¥यो । आज एमाले आफ्नै प्रस्तावको विरोध गरेर राजनीतिक बेइमानी गरिरहेको छ । संविधान कार्यान्वयन कुनै पार्टीको नभएर देशको एजेण्डा हो । देशको एजेण्डा कार्यान्वयनको दायित्व सरकार र कुनै दल विशेषको मात्रै होइन, राष्ट्रको सेवामा समर्पित हुने संकल्प गरी जनताबाट अनुमोदित भएका सबै दलको राष्ट्रिय दायित्व हो । तर, एमाले राष्ट्रिय दायित्वबाट भाग्दैछ । २०७४ माघभित्र संघीय, प्रादेशिक र स्थानीय तहको चुनाव गर्नुपर्छ भन्ने हेक्का एमालेलाई नभएको होइन । मधेशमा चुनाव नगरी राष्ट्रिय निर्वाचनको औचित्य हुँदैन भन्ने पनि उसलाई हेक्का छ । मधेशमा निर्वाचनका लागि मधेशवादी दललाई संवैधानिक प्रक्रियामा ल्याउनुपर्छ भन्ने पाठ एमालेलाई पढाई रहनु पर्दैन । तर, एमाले किन ज्यान फालेर संविधान संशोधन र कार्यान्वयनको मार्ग रोक्न खोजिरहेको छ ? यो प्रश्न पक्कै पनि निकै गम्भीर र संवेदनशील छ । पाँच नम्वर प्रदेशको सीमाङ्कनमा गरिएको हेरफेरको विषयलाई लिएर एमाले उग्र र अराजक ढंगले सडक र सदनमा प्रस्तुत भइरहेको छ । जुन प्रस्ताव स्वयम् एमालेको प्रस्ताव हो, त्यसैको विरोध गरेर एमालेले दोहोरो चरित्र प्रदर्शन गरिरहेको छ । प्रादेशिक संरचनाको निर्माण नेपालको संवैधानिक परिधिलाई समेत उलङ्घन गर्नसक्ने असीमित अधिकार सहितको राज्यको विभाजन होइन । बरु, सबै प्रदेशहरु देशको संविधान, संघीय सरकार र संसदप्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था छ । यसलाई गलत अर्थमा कुप्रचार गरेर एमालेले जनआंतक मात्रै सिर्जना गरेको छैन, संविधानको मर्ममाथि समेत गम्भीर प्रहार गरिरहेको छ । प्रदेशहरुको निर्माणमा पहाड र तराई सँगै नहुँदा समस्या आउने र देश नै बिखण्डन हुने तर्क जनताको मनोभावनामा खेल्ने बालसुलभ तर्क मात्रै हो । हाम्रो संविधानले कसैलाई विभाजनको अधिकार दिने कल्पना समेत गरेको छैन । त्यसमाथि राज्यको भौगोलिक र राष्ट्रिय एकता बलपूर्वक समाधान हुने सवाल होइन । बरु, राज्यका नागरिकहरुलाई राज्यले हेर्ने दृष्टिकोणका आधारमा राष्ट्रिय एकता र अखण्डताको निरुपण हुन्छ । तर, एमालेले राष्ट्रिय एकताका लागि सबै भाषा, कला, संस्कृति, समुदाय र मनोभावनाको अपनत्व र आत्मिक एकत्व स्वीकार गर्न सकिरहेको छैन । अहिलेको समस्याको जड त्यहीँनेर छ । जुन दिन एमालेले राष्ट्रलाई भूगोलको अर्थमा मात्रै नबुझी जनताको उपस्थितिको अर्थमा पनि बुझ्नेछ, त्यस दिन देशले निकास पाउनेछ । पाँच नम्वर प्रदेशका जिल्लाहरुमा तराईको भूगोल मात्रै हुनु नै बिखण्डनको आधार भएको तर्कमा कुनै दम छैन । त्यही एमाले हो, जो हिजो दुई नम्वर प्रदेशमा सिन्धुली र उदयपुर जस्ता पहाडी जिल्ला जोड्ने प्रस्ताव गर्दा त्यसको ज्यान फालेर विरोध गरेको थियो । आज त्यही एमालेले दुई नम्वर प्रदेशमा लागु नगरेको मान्यता पाँच नम्वर प्रदेशमा हुनैपर्ने कुतर्क गरिरहेको छ । नेपालीमा उखान छ, ‘माछा पर्दा हात कुरभित्र, भ्यागूतो गर्दा कुरबाहिर ।’ एमालेले देखाएको चरित्र ठीक यस्तै दोहोरो खालको छ, जुन एउटा जिम्मेवारी राजनीतिक दलको न्यूनतम् नैतिकताभित्र पर्न सक्दैन । इतिहास साक्षी छ, ‘राष्ट्रिय मुद्दामा दलीय एकताले मात्रै ठूलठूला उपलब्धि हासिल भएका छन् ।’ जनआन्दोलन, संविधान सभा, गणतन्त्र, नयाँ संविधानजस्ता गुरुत्तर महत्वका मुद्दाहरु सहमतिकै बलमा फत्ते भएका छन् । आज देश उल्लेखित मुद्दाको कार्यान्वयन गर्ने र समृद्धिको ढोका खोल्ने चरणमा उभिएको छ । यस्तो परिस्थितिमा कुनै दल विशेषको बाल हठले मुलूक अनिर्णय बन्दी बन्नु हुँदैन र बन्न पनि सक्दैन । अब एमालेले आफूलाई कसरी प्रस्तुत गर्छ ? देश र जनताप्रतिको दायित्वबोध महशुस गर्छ कि जग हसाउने कुतर्कका आधारमा देशलाई बन्धक बनाउँछ ? यसले नै नेपालको संविधान कार्यान्वयन र समृद्धिको यात्रा निर्धारण गर्नेछ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending