Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतको चलाखीपूर्ण सकुनी चाल

अहिले नेपाली राजनीतिमाथि मडारिएको कालो बादल हाम्रा राजनैतिक दलहरुले भारतलाई बुझ्न नसक्दाको परिणाम हो भन्दा अन्यथा नहोला । भारत न हिजो कांग्रेसको थियो, न एमालेको, न कहिले त्यो मधेशवादीको भयो र न त्यो माओवादीको । उ त सँधै हाम्रो राजनीतिक अस्थिरतामाथि खेलिरह्यो र आफ्नो बिस्तारवादी स्वार्थमा अघि बढिरह्यो । अहिलेपनि बाहिर देखिदा भारत, प्रचण्डको नजिक पो हो कि ? मधेशवादी दलको मुद्धालाई समर्थन गरेको हो कि ? जस्तो लागेपनि बास्तबिकता अर्कैछ । हिजो खुलामंचमा उभिएर भारतलाई लल्कार्ने पहिलो ब्यक्ति प्रचण्ड नै हो, जसका कारण नेपाली जनतामा भड्किएको भारत बिरोधी सेन्टीमेन्ट र मोदी बिरोधी झुकावले उसको चाहना माथी कुठाराघात गरेकै हो । [caption id=\"attachment_105793\" align=\"alignleft\" width=\"292\"]\"krishna-dhungana\" कृष्ण ढुंगाना[/caption] अर्कोतिर भारतको निर्देशनलाई नटेरेर प्रचण्डकै सहयोगमा ओलीले चाइनासँग अघि बढाएको सम्बन्धका कारण उ कुटनैतिक रुपमा असफलप्रायः बनेको थियो । यी दुबै पात्र र प्रबृत्तिलाई भजाएर भारत अहिले आफ्नो बदला नेपाली राजनीतिमाथि पोखिरहेछ । यसैको उदाहरण हो उसको पछिल्लो चलखेलपूर्ण भुमिका र बिज्ञप्ति । मधेशी दललाई उचाल्ने र प्रचण्ड सरकारलाई फेबर गरेजस्तो पनि गर्ने तर जनताको सेन्टिमेन्ट भड्काएर मुद्दागत रुपमा संघिीयता बिरोधी एमालेको समर्थन गराउने उसको यो पछिल्लो चलाखीपूर्ण सकुनी चालमा अहिले हाम्रा राजनैतिक दलहरु राम्रैसँग फँसेका छन् । एकातिर संबिधान संसोधन नगरी संबिधान कार्यन्वयन हुने अवस्था छैन, अर्को्तिर दुई बिपरित ध्रुवतिर फर्किएका मधेशवादी र एमालेलाई साथमा नलिई संविधान संसोधन हुने अवस्था पनि छैन । संबिधान संसोधन गरि छिटो भन्दा छिटो प्रदेशिक एवं अन्य निर्वाचन गराइसक्नुपर्ने संबैधानिक समय फ्रेम छ अन्यथा संबैधानिक अड्चन आउनेछ । जसले प्राप्त उपलब्धि नै गुम्ने सम्मको खतरालाई इंगित गर्दछ ।
अहिले एकले अर्कोलाई भारत परस्त भनि राष्ट्रवादको पगरी गुथ्नमै ब्यस्त छन् राजनैतीक दल तर भारत त्यहि राष्ट्रवादमाथि खेलिरहेछ ।
हुनत पहिलो संबिधान सभालाई असफल तुल्याए जस्तै दोस्रो संबिधानसभा असफल बनाउने प्रयासमा भारतले भरमक्दुर प्रयास नगरेको हैन । भारतको यो चाललाई राम्रैसँग बुझेका प्रचण्डले नाटकीय रुपमा त्रिदलीय समझदारी बनाएर उसको ठुल्दाइको भूमिकालाई असफल बनाइदिए त्यतिबेला । भारत चाहन्न नेपालमा संबिधान जारी होस, संघियता कार्यन्वयन होस् र धर्म निरपेक्षता सफल रहोस् । नेपालको अस्थिर राजनीतिमाथि खेल्न पाउँदा उ आफ्नो स्वार्थ सजिलै लागु गर्न सक्छ । उसको अहिलेको प्रमुख स्वार्थ भनेको नेपालको खोलानाला र जडिबुटी नै हो न कि मधेस । यस अर्थमा उ मधेसलाइ उचालिरहेछ ताकी पहाड र मधेसबीच तिक्तता कायम नै रहोस् । धमिलो पानीमा माछा मार्ने यो उसको पुरानै चाल हो । एउटा सार्वभौम राष्ट्रका ९०५ जनप्रतिनिधीले हस्ताछ्यर गरेको संबिधानलाई आजका मितिसम्म पनि स्वागत नगर्नुले उसको नियत प्रष्ट हुन्छ । बिडम्बना नै भन्नुपर्छ नेपालका राजनीतिक दलहरुले भारतको यो सकुनी चाललाई बुझ्न नसक्नु । अहिले एकले अर्कोलाई भारत परस्त भनि राष्ट्रवादको पगरी गुथ्नमै ब्यस्त छन् राजनैतीक दल तर भारत त्यहि राष्ट्रवादमाथि खेलिरहेछ । अहिले हलो अड्किएको पाँच नम्बर प्रदेशको सिमांकनको बिषयलाई जसरी एमालेले उछालिरहेछ यथार्थमा त्यो नै भारतको चाहना हो । अहिले देखिदा यो संसोधन प्रस्ताब मधेशी माग र भारतीय चाहना जस्तो देखिएपनि यथार्थ त्यस्तो छैन । म यसको समस्या समाधानका लागि प्रचण्डले खेलेको कुटनैतिक चाल हो भन्ने बुझ्छु । मधेशीका सबै मागहरु जायज पनि छैनन् र जायज माग पनि पुरै संबोधन गर्ने अवस्था छैन भन्ने कुरा मधेशीले पनि बुझेकै हो र बाँकी अरुले पनि । यस अर्थमा उनिहरुलाई पनि सुरक्षित अवतरणको आबश्यकता भएको र यो समय नै उपयुक्त हो भन्ने बुझेपछि नै उनीहरुले प्रचण्डलाई ग्रिन सिंग्नल दिए । भारतले पनि बुझ्यो कि मधेशी दलहरुको पहुँच अब बिस्तारै मधेशबाट खस्कदै छ । यस्तो अबस्थामा मधेशिलाई धेरै उचाल्नु जायज छैन । प्रचण्डलाई पनि लाग्यो समस्या समाधानको यहि नै उपयुक्त बिकल्प हो । सिमांकनको यो प्रस्ताब बिगतमा कांग्रेस एमालेकै प्रस्ताब हो र केही पहाडी जिल्ला छुट्याउदा फेरि पनि २ नं जस्तो मधेशि बाहुल्यता यसमा रहँदैन । समग्र जनसंख्याको एक चौथाई संख्या पनि नभएका मधेशीहरुले बाँकी तीन चौथाइँ संख्याका अन्य समुदायलाई प्रभाबमा पार्न सक्ने कुरै आउदैन । एमालेको बिमति हुँदा हुँदैपनि संसोधन प्रस्ताब दर्ता गर्ने र भोलि प्रस्ताब फेल भएपनि चुनाबमा जानुपर्ने नैतिक दबाब मधेशवादी दललाई हुने हुँदा नै प्रचण्डले यो रिस्क मोलेका हुन सक्छन् । भारतले यो बुझिरह्यो कि संसोधन प्रस्ताब फेल भए प्रचण्डले राजीनामा दिनेछन् । राजनीतिक अस्थिरताकाबीच चुनाव हुने कुरै भएन चुनाव नभए संघीयता कार्यान्वयन नहुने भयो । संघीयता कार्यन्वयन नहुनु भनेको संबिधान असफल हुनु हो । यसो हुँदा नेपाललाई फेरि पुरानै अबस्थामा धकेल्न पाईन्छ र भारतीय प्रभाब जमाइरहन पाइन्छ भन्ने नै उसको बुझाई रह्यो । संसोधन प्रस्ताव फेल भएपनि प्रचण्डले राजिनामा नदिने भएपछि भारतको यो जालझेल तुहिने अवस्था थियो तर एमालेको हठ र इगोले त्यो भन्दा पहिले नै भारतले चाहेको माहौल बनाउदै छ भन्ने कुरामा अब दुइमत नरहला । होइन भने आाफैले प्रस्ताव गरेको सिमांकनको मुद्धा भन्दा पछाडी फर्कन उसलाई कुन शक्तिले प्रेरित गर्दैछ ? प्रश्नचिन्ह यहाँनेर छ । आज जबरजस्त उठिरहेको छ अखण्डताको नारा, धर्म निरपेक्षताको कुरो अनि हिन्दु राष्ट्रको माग जहाँ प्रत्यक्ष या परोक्ष एमालेको भुमिकाले काम गरिरहेको देखिन्छ । के अब एमाले साँच्चै जनआन्दोलन भन्दा अगाडीको अवस्थामा फर्कन चाहेको हो ? जहाँ उसका नेताहरु दाम राखेर राजाका अगाडि लम्पसार पर्थे । यदि हैन भने खोक्रो राष्ट्रवाद उरालेर देशलाई भारतले चाहेको दिशातिर हैन नेपाली जनताको चाहना (जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन) अनुरुप अगाडि बढाउनुको बिकल्प फेरि पनि एमालेसँग छैन । हो पाँच नम्बरमा उर्लिएको त्यो बिशाल जनसागरको सम्मान गर्नुपर्छ हामीले तर प्राप्त उपलब्धि नै गुम्ने अवस्थामा हामी सबैले आ–आफ्ना ठाउँवाट त्याग र समर्पण पनि गर्नै पर्छ । भौगोलिक असुबिधाको महशुस हुनु स्वभाविक हो तर प्रदेश नै टुक्रिएर भारतमा जान्छ भनेर स्याल हुँइया मच्चाउनु गलत कुरा हो । मधेश र पहाडबीच चलाउन खोजिएको बिभाजनको यो खेलको अन्त अब हामी सबै मिलेर गर्नुपर्छ । त्यसका लागि छिटो भन्दा छिटो निर्वाचन गराई संबिधान कार्यन्वयनको बाताबरण बनाउनुपर्छ । अनावश्यक भारतीय चासो र प्रभावको सबैले खुलेर बिरोध गरौं र स्वाभिमानको अस्त्रले उसलाई पराजित गराउँ । यसैमा हामी सबको कल्याण रहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending