Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

\"uml-office-750\" भक्तपुर, २० मङ्सिर । नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा बसेको स्थायी कमिटी बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सात वटै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको बताए । “संविधान संशोधन विधेयकका विरोधमा सुरु भएको आन्दोलनलाई एमालेले सातवटै प्रदेशमा प्रभावकारी बनाउँदै देशव्यापी रुपमा विशाल जनप्रदर्शन र आमसभा गर्ने भएको छ ।” उनले भने । आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय गर्ने जानकारी दिँदै उनले बताए । “विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्छौँ ।” उनले भने । विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड, एमाले नेताको घरमा भएको आक्रमण र एमालेको कार्यक्रममा भएको अवरोधको बैठकले भत्र्सना पनि गरेको छ । सरकार कै उच्च तहबाट पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति आएकामा बैठकले त्यसको निन्दा गरेको छ । त्यस्तै, बैठकले राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढङ्गले सम्पन्न गर्न दिन पनि सबैसँग अपिल गरेको छ । विधेयकको विरोधमा संसद्मा भएका दल र अन्य पार्टी एवम् सांसदलाई समेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending