Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देशब्यापी आन्दोलन नचर्किएपछि बुटवलमा शक्ति केन्द्रित गर्न एमालेको उर्दी

\"uml-office-750\" बुटवल, १९ मंसिर । मधेसी, जनजातिहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको संविधान संशोधन विधेयक असफल घोषणा गरिएको आन्दोलन देशब्यापी रुपमा उठ्न नसेपछि एमालेले देशैभरबाट बुटवलमा शक्ति केन्द्रित गर्न उर्दी जारी गरेको छ । बुटवल लुम्बिनी अञ्चलकै ब्यापारिक केन्द्र बुटवलमा ब्यापार ब्यवसायीहरुकै तीब्र असन्तुष्टी देखिएपछि एमालेले आफ्ना कार्यकर्तालाई बुटवल केन्द्रित गर्न उर्दी जारी गरेको हो । लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका एमाले कार्यकर्ताहरुलाई बुटवल ओरालिएको छ । चितवन, नवलपरासी, कपिलवस्तुदेखि दाङसम्मका एमाले कार्यकर्तालाई पनि बुटवलमै केन्द्रित गरी आन्दोलन चर्काउने केन्द्रबाट उर्दी जारी भएको एमाले स्रोतले बतायो । ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई छुट्याएर ४ नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव अघि सारेपछि सत्तारुढ दलकै स्थानीय नेताहरु पनि असन्तुष्ट छन् । सत्तारुढ दलकै नेता कार्यकर्ता आन्दोलित भएको ठाउँमा आन्दोलन भीषण चर्काएर कांग्रेस–माओवादी गठबन्धनको सरकार ढाल्ने मद्दत मिल्ने एमालेको बुझाइ छ । मधेसी जनजातिहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ५ नम्बर प्रदेशमा रहेका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमको पूर्वी भागलाई ४ नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले संविधान संशोधन विधेयक गत मंगलबार संसदमा दर्ता गराएको छ । ५ नम्बर प्रदेश टुक्र्याउने गरी गरिएको प्रस्ताव खारेजीको माग गर्दै ५ नम्बर प्रदेशको मुख्य शहर बुटवल तथा पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान लगायतमा आन्दोलन चर्किएको छ । बुधबारदेखि बुटवलसहितका ती जिल्लाहरु ठप्प रहेको छ । बुटवलमा मात्रै आन्दोलन चर्किने देखेपछि पार्टी उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल, रबिन्द्र अधिकारी, गोकर्ण विष्ट लगायतका नेताहरुले शुक्रबार बुटवलको सभामा सम्बोधन गरेका थिए । एमालेले आफ्नो अगुवाइ आन्दोलन चर्काउन खोजे पनि बुटवलमा विभिन्न थरीका समुह आन्दोलित छ । ५ नम्बर अखण्ड प्रदेश संघर्ष समितिले भने आन्दोलन अराजकतातिर गएपछि शनिवारदेखि नै बन्दको कार्यक्रम फिर्ता लिएको छ । संघर्ष समितिले बन्द फिर्ता लिए अन्य विभिन्न समुहले आन्दोलन चर्काइरहेका छन् । विभिन्न दल तथा संघ संस्थाका प्रतिनिधि सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन शान्तिपूर्ण बनाउन आचारसंहित बनाएका छन् । अन्य दल तथा विभिन्न संघ संस्थाहरुको आन्दोलनमा मुठभेड निम्त्याउन एमालेले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित गरेपछि अन्य आन्दोलनकारीहरुले आचारसंहिता बनाएका हुन् । आन्दोलनकारीहरुले कम्युनिष्ट झण्डा नै हटाउने तथा माओवादीले निर्माण गरेको सहिद स्तम्भसमेत भत्काउन थालेपछि आन्दोलन ध्रुवीकृत भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending