Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बादलले पेरिसडाँडामा ठाउँ नपाएपछि ...

\"Rambahadur-Thapa-Badal\"काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल पक्षले कुपण्डोलस्थित पूर्व पार्टी क्रान्तिकारी माओवादीको कार्यालयमा भागबण्डा खोजेपछि विवाद भएको छ । नेकपा माओवादी केन्द्रको पेरिसडाँडामा आफ्नै निजी भवन भए पनि वैद्य माओवादीले भने बुद्धनगरमा भाडामा केन्द्रीय कार्यालय र कुपण्डोलमा नेवाः राज्य समितिको कार्यालय सञ्चालन गर्दै आएको छ । माओवादी एकता हुनअघिदेखि नै केही कार्यकर्ताहरु कुपण्डोल कार्यालय रेखदेखका लागि कार्यालय परिसरमै बस्दै आएका थिए । क्रान्तिकारी माओवादीको कार्यालयमा बस्दै आएका कार्यकर्ताहरुलाई अन्य ठाउँमा ब्यवस्थापन नभएपछि अहिलेसम्म सोही कार्यालयमै बस्दै आएका छन् । कार्यालय परिसरमै बस्दै आएका सांस्कृतिक मोर्चाका नेता झंकार बुढा, नारायण सुस्लिङ र सुभाष विकलाई अन्यत्र ब्यवस्थापन गर्न क्रान्तिकारी माओवादीले भनेपछि विवाद भएको हो । नेकपा माओवादी केन्द्रले भने संविधान जारी भएपछि राज्य समिति स्तरीय संरचना नै खारेज गरी प्रदेशस्तरीय बनाएको छ । माओवादी केन्द्रको तीन नम्बर प्रदेशको कार्यालय पनि पेरिसडाँडामै रहेको छ । कुपण्डोलस्थित राज्य समितिको कार्यालय क्रान्तिकारी माओवादीकै भएको र पार्टी छाडेकाहरुलाई अन्यत्र ब्यवस्थापन गर्न आफूहरुले आग्रह गरेको क्रान्तिकारी माओवादीका नेवाः राज्य समिति इन्चार्ज दिनेश शर्माले बताए । आफ्ना पार्टीका कार्यकर्तालाई माओवादी केन्द्रले ब्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको शर्माले बताए । कार्यकर्ताको ब्यवस्थापन गर्ने आफ्नो जिम्मेवारीबाट पन्छिएर विवाद गर्दा झनै समस्या निम्तिने शर्माले बताए । क्रान्तिकारी माओवादीबाट नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा गइसकेपछि पेरिशडाँडामा बादलले स्थान नपाएपछि विवाद झिकेको गाइँगुइँ कुपण्डोलमा सुनिन थालेको छ । कुपण्डोलमा झण्डै ५ सय जना अटाउने ‘वैकुण्ठ–चेत सांस्कृतिक भवन’ हल पनि रहेको छ । पार्टी एकता भएको केही समयसम्म बादल समूहका नेताहरुले बुद्धनगरस्थित पार्टी कार्यालयमा पनि विवाद गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिपछि उनीहरुले बुद्धनगर कार्यालयको दाबी छाडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending