Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सशस्त्र संघर्ष छाडेर सरकारी सेवा

\"rajib-750\"काठमाडौं, १९ मंसिर । २०६३ मा ललितपुरको कान्तिपुर इन्जिनियरिङ कलेजबाट स्नातक गरेपछि सप्तरीको तिलाठी–१ का राजीवकुमार झा तराईको सशस्त्र आन्दोलनमा होमिए । यसले गाउँकै माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका पिता अमरनाथ झालाई निकै चिन्तित बनायो । सशस्त्र संघर्षमा राजीव ‘उत्कर्ष मुक्ति’ नामले चिनिए । तर तिनै राजीव अहिले नेपाल सरकारको अधिकृत बन्दा पिता अमरनाथ र परिवार दंग छन् । आजको कान्तिपुरमा खबर छ– ३४ वर्षीय राजीव नायब सुब्बा हुँदै अहिले लोकसेवा आयोगबाट शाखा अधिकृत भएर स्टाफ कलेज जाउलाखेलमा पेसागत तालिम लिन व्यस्त छन् । उनले इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेपछि जनकपुर इन्जिनियरिङ कलेजमा पढाएका थिए । ६ महिना अध्यापन गरेपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहमा जोडिए । सप्तरी इञ्चार्ज बनेर भूमिगत राजनीतिमा लागे । उनी ०६३ देखि ०६५ पुससम्म सशस्त्र गतिविधि गर्दै भूमिगत भए । सप्तरी, सिरहा, धनुषा र महोत्तरीलगायत जिल्लामा कार्यकर्ता संगठित गर्दै विरोध गर्नेलाई कारबाही गर्न लागे । करिब दुई वर्ष भूमिगत सशस्त्र समूहमा लागेका उनी ०६५ साल पुस २३ गते सिरहाको लहानमा आफ्ना तीन साथीसहित सार्वजनिक भए, जतिबेला सरकारले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहलाई वार्तामा बोलाएको थियो । उक्त समूहका तर्फबाट वार्ता टोली संयोजकका रूपमा उनी सार्वजनिक भए । पुस २६ गते जनकपुरस्थित रामा होटलमा तत्कालीन शान्तिमन्त्री जनार्दन शर्मा नेतृत्वको सरकारी वार्ता टोलीसित राजीव नेतृत्वको मोर्चा टोलीले वार्ता गर्‍यो । अध्यक्ष राजनमुक्ति सहितका अन्य नेता भूमिगत रहेकै बेला वार्ताका लागि सार्वजनिक भएका राजीवले तराईका अन्य चार सशस्त्र समूहसँग एकता गरे । उनले ०६७ सालमा आएर जयप्रकाशप्रसाद गुप्ता नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसित पार्टी विलय गराए । गुप्ता जेल पर्नुअघिसम्म उनी उक्त पार्टीको केन्द्रीय सदस्य हुँदै प्रवक्तासम्म बने । गुप्तासित मतभेद भएपछि राजीवले पार्टी परित्याग गर्दै दोस्रो संविधानसभाको निर्वाचन अगाडि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गर्दै पार्टीको केन्द्रीय सदस्य बने । ‘त्यसपछि सरकारी सेवाबाट जनताको सेवा गरुँ भन्ने भावना आयो र लोकसेवा तयारी थालें,’ स्टाफ कलेज ललितपुरमा तालिमरत राजीवले  भने, ‘मान्छेले ठान्दा केही पनि असम्भव छैन, मैले सानो अवधिमा लोकसेवा तयारी गरें ।’ फोरम लोकतान्त्रिकबाट राजीनामा दिएर पहिलो पटक लोकसेवामा सहभागी भएका राजीवले ०७२ पुस १ गते नेपाल सरकारको नायब सुब्बामा नियुक्ति पाए । उनले १० महिना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जनशक्ति विकास महाशाखामा काम गरे । त्यहाँ काम गर्दागर्दै राजीवले अधिकृतका लागि पनि आवेदन दिए । त्यसपछि लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा पनि नाम निकाले । ०७३ कात्तिक ७ गतेबाट अधिकृतको नियुक्ति पाएका राजीव एक महिनायता स्टाफ कलेजमा अन्य सहकर्मीसँगै तालिमरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending