Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

परराष्ट्रमन्त्री महत भन्छन्, 'संशोधन प्रस्तावमा एमालेको सहमति छ'

\"1464522221prakashsharanmahat-750\" बाग्लुङ, १८ मङ्सिर । परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले सरकारले अघि सारेको वर्तमान संविधान संशोधनको प्रस्तावमा यसअघि नेकपा (एमाल)को पनि सहमति रहेको बताएका छन् । उनले मधेशवादी दलको जायज माग सम्बोधन गर्ने क्रममा यतिसम्म संशोधन गर्दा देशले निकास पाउँछ र संविधान कार्यान्वयनका लागि सबैको साझा सहमति बन्छ भने संशोधन गरौँ भनेर एमाले र मधेशवादी दलसहितको परामर्शपछि सरकारले प्रस्ताव अघि बढाएको बताए । शनिबार बाग्लुङको बुर्तिबाङमा आयोजित चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महतले भने, “संविधानमा केही असहमति व्यक्त गरिरहेको पक्ष पनि यस संशोधनमार्फत संविधान कार्यान्वयनका लागि एकै ठाउँमा आउने र देशले दीर्घकालीन रुपमा निकास पाउने भएकोले सबै राजनीतिक शक्तिको सहमतिमा नै यो प्रस्ताव तयार भएको हो ।” नेपाली काँग्रेसले प्रस्ताव अघि सा¥यो भनेर वास्तविकता बाहिर गएर राजनीतिक रुपमा अतिरञ्जित गर्ने काम एमालेमार्फत भएको र मधेशवादी दलले पनि असन्तुष्टि व्यक्त गर्ने काम हुनु इमान्दिारिता नभएको उनको भनाइ थियो । “त्यतिवेलै संविधानमा सबैको भावना समेटिनेगरी भनेर अहिलेको प्रस्ताव तयार भएको थियो तर अहिले आएर तत्कालीक रुपमा राजनीतिक फाइदाका लागि यसको विरोध गरिँदैछ,” उनले भने । मुलुकको दीर्घकालीन हित र आर्थिक समृद्धिका लागि अब संविधानको पूर्ण कार्यान्वयनमार्फत स्थानीय लगायतका तहको निर्वाचनको काम ढिला भइसकेकोले सबै राजनीतिक दलको सहमति र सहकार्य अति आवश्यक रहेकोमा उनले जोड दिनुभयो । नेकपा (एमाले) र मधेशवादी दललाई अहिलेको हठ त्यागेर छलफलमा आइ आवश्यक सहमति निर्माणका लागि पहल थाल्न उनले आग्रह समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending