Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

लाजिम्पाटदेखि पेरिसडाँडासम्म प्रचण्डको एउटै बोली, ‘निर्वाचनको मिति घोषणा चाँडै’

\"prachanda\" काठमाडौँ, १८ मंसिर । शनिबार सत्तारुढ नेकपा माओवादी केन्द्रको दुई बैठक बस्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा केन्द्रीय कार्यालय समिति र पार्टी मुख्यालय पेरिसडाँडामा पोलिटब्युरो बैठक । दुवै बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितीबारे बिफ्रङ गरे । सरकारले हालै संसद्मा दर्ता गरेको संविधान संशोधनको आवश्यकता र सरकारको अबको तयारीबारे बिफ्रिङ गर्दै प्रचण्डले दुवै बैठकमा भने, ‘संविधान संशोधन प्रस्ताव दर्ता भयो, प्रस्ताव पास भए पनि फेल भए पनि अब चाँडै निर्वाचनको मिति घोषणा हुन्छ’ लाजिम्पाटमा हेडक्वार्टर सदस्यहरुलाई संविधान कार्यान्वयनका निम्ति संविधान संशोधन प्रस्ताव अनिवार्य भएको भन्दै सरकारले अब प्रस्ताव फेल वा पाससँग कुनै सम्बन्ध नराखी निर्वाचनको मिति घोषणा गर्ने बताएका पचण्डले पोलिटब्युरो बैठकमा पनि त्यही कुरा दोहोर्याए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनको तयारी गर्नुको साटो संविधान संशोधनको बाटोमा लागेर देशलाई अस्थिरतातिर डोर्याउन लागेको बताइरहेकै बेला प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरुलाई सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको सुनाएका हुन् । संविधानको व्यवस्थाअनुसार एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने चुनौतीमा रहेका प्रचण्डले सबै दलसँगको छलफलपछि सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन् । ‘कमरेडहरु तपाईहरुलाई थाहै छ, सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ, अब चुनाव घोषणा गरेर अघि बढिन्छ,’ लाजिम्पाटमा बसेको आयोजित माओवादी हेडक्र्वाटरको बैठकमा प्रचण्डले भने, ‘संशोधन प्रस्ताव मधेसी मोर्चाको सहमतिमै दर्ता गरिएको हो, त्यसकारण मोर्चा आएनन् भने पनि यो प्रस्ताव फिर्ता हुँदैन, चुनाव घोषणा गरेर गइन्छ ।’ पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा पनि उनले त्यही कुरा दोहोर्याए । संविधान संशोधनको मुख्य उद्देश्य संविधानको सर्वस्वीकार्यता बढाउनु र मुलुकलाई निर्वाचनतिर लैजानु भएको बताउँदै उनले स्थानीय तह पुर्नसंरचना आयोगले चाँडै आफ्नो प्रतिवेदन पेश गर्ने र सोलगत्तै सरकार स्थानीय तहको निर्वाचनका लागि गम्भीर गृहकार्यमा लाग्ने बताए । ओलीलाई प्रश्न, ‘दिउँसै रात पार्ने काम कति पटक गर्नुहुन्छ?’ प्रधानमन्त्री प्रचण्डले पोलिटब्युरो बैठकमा एमालेले पछिल्लो समय देखाएको गतिविधिबारे प्रश्न उठाए । संशेधन प्रस्तावको विरोधमा उत्रिनुको कुनै औचित्य नरहेको दावी गर्दै उनले ओलीकै सहमतिमा ल्याएको प्रस्तावको एमाले कार्यकर्ताले विरोध जनाउनुको कुनै तुक नभएको प्रष्ट्याए । परिवर्तनका मुद्दालाई सम्बोधन गर्न एमालेलाई गाह्रो भएको बताएका प्रधानमन्त्री प्रचण्डले ओलीलाई प्रश्न सोध्दै भने, ‘एमालेले दिउँसै रात पार्ने काम कति पटक गर्नुहुन्छ? सडकमा प्रदर्शन गर्नुभएको छ तर संसद अवरोध गर्न भएन ।’ जनताको बलिदान र आन्दोलनबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका परिवर्तनका मुद्दालाई मास्न प्रतिगामी तत्व लागि परेको बताउँदै उनले एमाले परिवर्तित एजेण्डालाई ध्वस्त पार्ने काममा लागेको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending