Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मधेसमा गोली चलाउने प्रहरी एमाले आन्दोलनमा मुकदर्शक !

[caption id=\"attachment_104660\" align=\"aligncenter\" width=\"625\"]\"butwal_gadi-jalaeyo\" रूपन्देहीको देवदहमा प्रदर्शनकारीहरूले गाडीमा अागो लगाउँदै[/caption] काठमाडौं, १६ मंसिर । संविधानसभाबाट संविधान जारी भए लगत्तै मधेसमा आन्दोलन चर्किएका थियो । मधेस आन्दोलनकै कारण भारतले समेत पाँच महिना नाकाबन्दी लगायो । मधेस आन्दोलनका क्रममा झण्डै ५५ जनाले ज्यान गुमाए । मधेसमा चर्किएको आन्दोलनलाई प्रहरीले दमन गरी आन्दोलनकारीलाई सीमा पारि पुर्याएको मधेसी नेताहरुले आरोप लगाएका थिए । जतिबेला काठमाडौंमा फरक किसिमको आन्दोलन थियो, हिन्दु राज्यको माग गरिएको थियो । काठमाडौंमा पानी हान्ने प्रहरीले मधेसमा आन्दोलनकारी ताकेरै गोली हान्यो भन्दै मधेसी दलहरुले आक्रोश ब्यक्त गरेका थिए । अहिले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता भएपछि प्रदेश नम्बर ५ मा त्यसको चर्को विरोध भइरहेको छ । ठाउँठाउँमा सडकमा टायर बालेर यातायात अबद्ध पार्ने कामहरु भएपछि प्रहरी प्रशासन भने मुकदर्शक जस्तो मात्र देखिएको छ । विरोधका नाममा सडकमा उत्रिएका युवाहरुले बुधबार बुटवलमा केही सवारीका साधनहरुमा आगजनी र तोडफोड गरेको भएपनि प्रहरीले ती घटनामा अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । प्रहरीको अगाडि नै सडकमा आगो बाल्ने,सडक अबरुद्ध पार्ने र बजार बन्द गर्ने लगायतका क्रियाकलाप हुँदा पनि प्रहरी किन मौन छ भन्ने प्रश्न यतिबेला जनस्तरबाट उठिरहेको छ । प्रहरीको असक्षमताका कारण प्रहरी पछाडि हटेको हो वा आन्दोलनमा प्रहरीको पनि मौन समर्थन हो भन्ने प्रश्न उठेको राजनीतिककर्मीहरुले समेत आशंंका गरिरहेका छन् । देशमा शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको सुरक्षा घेरा भित्रै हिजो काठमाडौंको वानेश्वर चोकमा प्रदर्शनकारीले दिउँसै टायर बालेर बिरोध गरे । केहीबेर त्यहाँको यातायात सेवा समेत प्रभावित हुन पुग्यो तर प्रहरी मुकदर्शक भएर आन्दोलनकारीका गतिबिधि हेरेर बसेको प्रत्यक्षदर्शीले बताएका छन् । [caption id=\"attachment_104560\" align=\"aligncenter\" width=\"697\"]\"pardarsan\" रूपन्देहीको बुटवलमा प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै[/caption] प्रहरीको यो कस्तो सुुरक्षा हो, आँखै अगाडि सडकमा आगो बाल्दा पनि कुनै सक्रियता नदेखिनुले प्रहरीको कर्तव्यमै आशंका उत्पन्न भएको बुद्धिजीवीहरुको ठम्याइ छ । सरकारले संशोधन प्रस्ताव दर्ता गरेपछि सोमबार साँझबाटै बुटवल, प्यूठान, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुमा पाँच नम्बर प्रदेश टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोध गरिएको छ । विरोधमा मुख्य गरी अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं लगायतका संगठन तथा उद्योग वाणिज्य संघ लगायत दजनौं संघ संगठनहरुको सक्रियता देखिएको छ । एमालेकै अगुवाइमा ५ नम्बर प्रदेश बचाउ अभियान समेत बनाइएको छ । पहिलो दिनको आन्दोलन भन्दा दोस्रो दिन झनै बढी आन्दोलन उग्र बनेको छ । आन्दोलनकारीहरुले सडकमा टायर बाल्ने मात्र होइन, गाडी जलाउने, पसल तोडफोडसमेत गर्न थालेका छन् । तर प्रहरीले अहिलेसम्म आन्दोलनमा कसैलाई नियन्त्रणमा लिएको छैन । यसअघि विप्लव माओवादीले होस वा अन्य कुनै मोर्चा र राजनीतिक संगठनहरुले बन्द, हडताल जस्ता बिरोधका कार्यक्रमहरु गर्न खोज्दा रातारात शान्ति अवस्था खलबलिन सक्ने भन्दै पक्राउ गर्ने प्रहरीले यतिबेला भने आफ्नो मौनता प्रदर्शन गरिरहेको छ । प्रहरीको मौनताले राज्यको सुरक्षा व्यावस्था र प्रहरीको कर्तब्यमाथि नै प्रश्न चिन्न खडा गरेको देखिन्छ । \"uml_baneshowar-1-750\"प्रहरी नायव उपमहानिक्षक हेमन्त मल्ल ठकुरीले खबरडबलीसँगको कुराकानीमा भने–‘हामी मुकदर्शक भएका होइनौं, आन्दोलनको अवस्थाको अध्ययन गरिरहेका छौं । कसैलाई नियन्त्रणमा लिनै पर्ने खालका कुनै घटना भएका छैनन ।’ प्रहरी प्रवक्तासमेत रहेका ठकुरीले भने–‘अहिलेको आन्दोलनकारीको राजनीतिक माग हो । उनीहरुको आन्दोलनले असहजताको अवस्था सिर्जना भएको छैन । हामीले नियन्त्रणमा लिएपछि आन्दोलनको स्थितीमा आउन सक्ने प्रभावको अनुमान गरेर प्रहरीले आफ्नो कर्तव्य पूरा गरिरहेको छ ।’ प्रहरी प्रवक्ता मल्लका अनुसार प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिँदा आउने खतरा समेतको आधारमा प्रहरीले संयमित रुपमा आफ्नो कर्तव्य पूरा गरिरहेको छ । उनले प्रहरी जनताको शान्तिसेवामा लागेको छ, हामीलाई कुनै राजनीतिक पार्टीको प्रभावमा परेर काम गरेको सोच्ने कुरा अत्यन्त गलत हो । प्रहरी शान्ति सुरक्षाको अवस्थाको अध्ययन गरेर परिस्थिति अनुसार आफ्नो सक्रियता देखाउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies