Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मधेसमा गोली चलाउने प्रहरी एमाले आन्दोलनमा मुकदर्शक !

[caption id=\"attachment_104660\" align=\"aligncenter\" width=\"625\"]\"butwal_gadi-jalaeyo\" रूपन्देहीको देवदहमा प्रदर्शनकारीहरूले गाडीमा अागो लगाउँदै[/caption] काठमाडौं, १६ मंसिर । संविधानसभाबाट संविधान जारी भए लगत्तै मधेसमा आन्दोलन चर्किएका थियो । मधेस आन्दोलनकै कारण भारतले समेत पाँच महिना नाकाबन्दी लगायो । मधेस आन्दोलनका क्रममा झण्डै ५५ जनाले ज्यान गुमाए । मधेसमा चर्किएको आन्दोलनलाई प्रहरीले दमन गरी आन्दोलनकारीलाई सीमा पारि पुर्याएको मधेसी नेताहरुले आरोप लगाएका थिए । जतिबेला काठमाडौंमा फरक किसिमको आन्दोलन थियो, हिन्दु राज्यको माग गरिएको थियो । काठमाडौंमा पानी हान्ने प्रहरीले मधेसमा आन्दोलनकारी ताकेरै गोली हान्यो भन्दै मधेसी दलहरुले आक्रोश ब्यक्त गरेका थिए । अहिले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता भएपछि प्रदेश नम्बर ५ मा त्यसको चर्को विरोध भइरहेको छ । ठाउँठाउँमा सडकमा टायर बालेर यातायात अबद्ध पार्ने कामहरु भएपछि प्रहरी प्रशासन भने मुकदर्शक जस्तो मात्र देखिएको छ । विरोधका नाममा सडकमा उत्रिएका युवाहरुले बुधबार बुटवलमा केही सवारीका साधनहरुमा आगजनी र तोडफोड गरेको भएपनि प्रहरीले ती घटनामा अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । प्रहरीको अगाडि नै सडकमा आगो बाल्ने,सडक अबरुद्ध पार्ने र बजार बन्द गर्ने लगायतका क्रियाकलाप हुँदा पनि प्रहरी किन मौन छ भन्ने प्रश्न यतिबेला जनस्तरबाट उठिरहेको छ । प्रहरीको असक्षमताका कारण प्रहरी पछाडि हटेको हो वा आन्दोलनमा प्रहरीको पनि मौन समर्थन हो भन्ने प्रश्न उठेको राजनीतिककर्मीहरुले समेत आशंंका गरिरहेका छन् । देशमा शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको सुरक्षा घेरा भित्रै हिजो काठमाडौंको वानेश्वर चोकमा प्रदर्शनकारीले दिउँसै टायर बालेर बिरोध गरे । केहीबेर त्यहाँको यातायात सेवा समेत प्रभावित हुन पुग्यो तर प्रहरी मुकदर्शक भएर आन्दोलनकारीका गतिबिधि हेरेर बसेको प्रत्यक्षदर्शीले बताएका छन् । [caption id=\"attachment_104560\" align=\"aligncenter\" width=\"697\"]\"pardarsan\" रूपन्देहीको बुटवलमा प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै[/caption] प्रहरीको यो कस्तो सुुरक्षा हो, आँखै अगाडि सडकमा आगो बाल्दा पनि कुनै सक्रियता नदेखिनुले प्रहरीको कर्तव्यमै आशंका उत्पन्न भएको बुद्धिजीवीहरुको ठम्याइ छ । सरकारले संशोधन प्रस्ताव दर्ता गरेपछि सोमबार साँझबाटै बुटवल, प्यूठान, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुमा पाँच नम्बर प्रदेश टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोध गरिएको छ । विरोधमा मुख्य गरी अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं लगायतका संगठन तथा उद्योग वाणिज्य संघ लगायत दजनौं संघ संगठनहरुको सक्रियता देखिएको छ । एमालेकै अगुवाइमा ५ नम्बर प्रदेश बचाउ अभियान समेत बनाइएको छ । पहिलो दिनको आन्दोलन भन्दा दोस्रो दिन झनै बढी आन्दोलन उग्र बनेको छ । आन्दोलनकारीहरुले सडकमा टायर बाल्ने मात्र होइन, गाडी जलाउने, पसल तोडफोडसमेत गर्न थालेका छन् । तर प्रहरीले अहिलेसम्म आन्दोलनमा कसैलाई नियन्त्रणमा लिएको छैन । यसअघि विप्लव माओवादीले होस वा अन्य कुनै मोर्चा र राजनीतिक संगठनहरुले बन्द, हडताल जस्ता बिरोधका कार्यक्रमहरु गर्न खोज्दा रातारात शान्ति अवस्था खलबलिन सक्ने भन्दै पक्राउ गर्ने प्रहरीले यतिबेला भने आफ्नो मौनता प्रदर्शन गरिरहेको छ । प्रहरीको मौनताले राज्यको सुरक्षा व्यावस्था र प्रहरीको कर्तब्यमाथि नै प्रश्न चिन्न खडा गरेको देखिन्छ । \"uml_baneshowar-1-750\"प्रहरी नायव उपमहानिक्षक हेमन्त मल्ल ठकुरीले खबरडबलीसँगको कुराकानीमा भने–‘हामी मुकदर्शक भएका होइनौं, आन्दोलनको अवस्थाको अध्ययन गरिरहेका छौं । कसैलाई नियन्त्रणमा लिनै पर्ने खालका कुनै घटना भएका छैनन ।’ प्रहरी प्रवक्तासमेत रहेका ठकुरीले भने–‘अहिलेको आन्दोलनकारीको राजनीतिक माग हो । उनीहरुको आन्दोलनले असहजताको अवस्था सिर्जना भएको छैन । हामीले नियन्त्रणमा लिएपछि आन्दोलनको स्थितीमा आउन सक्ने प्रभावको अनुमान गरेर प्रहरीले आफ्नो कर्तव्य पूरा गरिरहेको छ ।’ प्रहरी प्रवक्ता मल्लका अनुसार प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिँदा आउने खतरा समेतको आधारमा प्रहरीले संयमित रुपमा आफ्नो कर्तव्य पूरा गरिरहेको छ । उनले प्रहरी जनताको शान्तिसेवामा लागेको छ, हामीलाई कुनै राजनीतिक पार्टीको प्रभावमा परेर काम गरेको सोच्ने कुरा अत्यन्त गलत हो । प्रहरी शान्ति सुरक्षाको अवस्थाको अध्ययन गरेर परिस्थिति अनुसार आफ्नो सक्रियता देखाउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending