Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रदेश नम्बर ५ र भारतीय डिजाइन

नेपाल जनसंख्या र क्षेत्रफलको हिसाबमा अत्यन्त सानो र पृथक इतिहास बोकेको अखण्ड र सार्वभौम राष्ट्र हो । सामाजिक र सांस्कृतिक विविधताले सम्पन्नशाली राष्ट्र नेपाल आज टुक्रा टुक्रा परेर अस्तित्वहिन बन्ने खतरामा पुगेको छ । २०३७ सालमा पाँच विकास क्षेत्रमा विभाजित नेपाल बिभिन्न राजनीतिक परिवर्तनलाई झेल्दै संघीयताको मोडमा आइपुगेको छ । आज देखिएको विरोध र विद्रोहका स्वरले कतै हिजो महेन्द्रकै पाला विकशित भएको राष्ट्रबाद वैज्ञानिक रहेछ कि भन्ने भान आज नेपाली जनतामा पर्न गएको छ । आजको सन्दर्भमा समतामुलक विकास र उचित प्रतिनिधित्व हो तर हामी नयाँ कुरा सुरु गर्ने बहानामा नेपाललाई टुक्राउने खेल सुरु भइसकेको छ, त्यो हाम्रो राजनीतिक बेइमानीलाई के जनताले स्विकार गर्लान ? [caption id=\"attachment_104795\" align=\"alignleft\" width=\"235\"]\"साबित्री साबित्री सुवेदी[/caption] हामीलाई याद हुन जरुरी छ, राजनीतिक अस्थिरता बेइमानी र कुचक्रले गर्दा पञ्चायती व्यवस्थाको सुरुवात भएको कालो इतिहास हामी सामु छ । राजा महेन्द्रले राजनैतीक पार्टीको आन्तरिक कलह र सत्तामोहको आन्तरिक कुराको विश्लेषण गर्दै नेपालमा निर्दलीय व्यवस्थाको सुरुवात गरे, त्यो यहाँका राजनैतिक दलहरुको अपरिपक्क र प्रजातान्त्रिक व्यवस्थाप्रति राजनीतिक दलले बुझ्न नसक्दा त्यो कदम उठ्यो भन्ने मेरो ठम्याइ हो । निरंकुशताको विरोध गर्दै जादा फरक ढंगबाट बहस र छलफल गर्न सकिएला तर महेन्द्रको राष्ट्रबादलाई अप्रत्यक्ष सलामी गर्दा कसैको आँखाले राजाबादी देख्ला त कसैको आँखाले मण्डले तर आज राष्ट्रियता बेच्ने क्रान्तिकारी सुप्रिमोलाई परिवर्तनकारी देख्ने त्यो मगजको उपचार हुनुपर्छ भन्ने मेरो बुझाई हो । सकारात्मक र नकारात्मक पक्षको जोड घटाऊको राजनीतिबाट अमृत बमन गर्ने राजनीतिमा प्रचण्डहरु राष्ट्रघाती निस्के भन्ने मेरो बुझाई छ । राष्ट्रियता भारतीयहरुलाई सुम्पिदै यतिसम्म भारतको चाकडी प्रचण्डले गर्नु हुँदैन थियो ।
नेपाललाई फिजीकरण गर्ने र प्रचण्डलाई दलाल बनाएर प्रयोग गर्ने भारतीय चाल हो । हामी सतर्क हुन जरुरी छ । हाम्रा नेता कुर्सीका लागि लम्पसार हुँदा अत्यन्त गम्भीर संघारमा देश उभिएको छ । भारतसँग सुरुङयुद्ध छेडेका प्रचण्ड किन भारतको आशिर्बादमा टिक्न चाहेका छन् ?
आफ्नै पार्टीका नेता टोपबहादुर रायमाझीले किन बिरोध गर्दैछन त ? हामीले बुझ्न जरुरी छ । लामो समय भारतीय राजनीतिमा बघिनीको रुपमा स्थापित सोनिया गान्धीलाई प्रधानमन्त्री हुन नदिने भारतीयहरु किन नेपालमा अङ्गिकृत पक्षपोषण गरिरहेका छन् त ? जातीय राजनीतिकै कारण पाकिस्तान अलग भो, बंगलादेश पाकिस्तानबाट अलग भो तर नेपालको माओवादी किन बुझ्दा बुझ्दै गुलाम बन्दै छ ? भारतीयलाई सुम्पन्ने यो प्रचण्डको गुरुयोजनाको विरोध गरौं । भारतको लोकतन्त्र हामीले नबुझेको होइन, सोनिया गान्धीहरुको इतिहास हामीले नबुझेको पनि होइन । खुल्ला सिमानाको कारण हाम्रो तराइसँग भारत नजिक छ र छोरीबेटी र रोजीरोटीसँग पनि सम्बन्धित छ । त्यही आधारलाई प्रयोग गर्दै नेपाललाई फिजीकरण गर्ने र प्रचण्डलाई दलाल बनाएर प्रयोग गर्ने भारतीय चाल हो । हामी सतर्क हुन जरुरी छ । हाम्रा नेता कुर्सीका लागि लम्पसार हुँदा अत्यन्त गम्भीर संघारमा देश उभिएको छ । भारतसँग सुरुङयुद्ध छेडेका प्रचण्ड किन भारतको आशिर्बादमा टिक्न चाहेका छन् ? आफूलाई बेचेर नपुगेर किन देश बेच्दै छन् त ? उनी आत्मसमर्पण गरिसके, क्रान्ति होइन अब उनी बिखण्डनको नायक बन्दैछन् । भारतले नेपाल र नेपाली जनतालाई भेडाको मूल्यमा किन्दै छ र ठेकेदार प्रचण्ड बन्दैछन् । यी ठेकेदारकाविरुद्ध नेपाली जनताले प्रतिबाद गर्नैपर्छ, यो लडाइ राष्ट्रियताको लडाईं हो । तराईमा बोलचाल हुने भाषा मैथिली, भोजपुरी, अवधी र थारु भाषालाई राष्ट्रिय भाषा बनाउने कि हिन्दीलाई ? भारतको गुलामी गर्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोज्नु के यही हो माओवाद ? देशलाई अस्थिर बनाएर भारतमा लएर मिसाउने के यही हो राष्ट्रबाद ? सायद माओवादले यही भन्छ कि प्रचण्ड कामरेड ? सिके राउतले मधेश छुट्टै देश हुनुपर्छ भनेर सिंहदरबार अगाडि पत्रकार सम्मेलन गर्दा नदेख्ने अन्धो सरकारले साँच्चै आत्मसमर्पण गरेको हो त ? देशलाई सिक्किमीकरण र फिजीकरण गर्ने माओवादी अभिष्टको अन्त्य हुनै पर्छ । नेपाली जनताले नेतामा जन्मेको आत्मसमर्पणको खुलेर विरोध नगरे देश दलालहरुले बेच्नेछन् । जातीयताको नाममा देश विखण्डन गर्न असफल भएपछि अहिले प्रदेश नम्बर ५ लाई चलाएर भारतीय गुरुयोजना अनुरुप प्रचण्ड चलेका छन । प्रदेशलाई चलाउँदै देश खत्तम पार्ने यी लेन्डुप दोर्जेहरुको विरोध गरौं । माओवादीका छोटे राजाहरु बदमासीको पर्दाफास गरौं । आत्मसमर्पणबादी चरित्रको पर्दाफास गरौं । देशलाई सिम्किमीकरण हुनबाट बचाऔ । (लेखकको निजी विचार )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending