Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पुख्यौली खोज्दै मगरहरु बल्ढेङगढी दरबार

\"balldhegnagidi-drwar-750\"पाल्पा, १५ मंसिर । समुदायका अगुवाहरु आफ्नो थलोको बारेमा सोधी खोजी गर्दै सोमबार मगरहरुको प्राचिन राजधानी पाल्पाको बल्ढेङगढी पुगेका छन् । तानसेन सदरमुकामदेखि ५० कि.मि पश्चिम दक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ कि.मि. उत्तरमा पर्ने उक्त क्षेत्रको ऐतिहासीक दरबार बल्ढेङगढीमा भेलाले मगर अगुवाहरुले त्यस क्षेत्रको संरक्षण र सम्बद्र्धनमा एकताभई लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । बल्ढेङगढी क्षेत्र विकास समितिको पहलमा भएको उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने आदिबासी जनजाति नेता एमबि दर्लामी मगरले आफ्नो जातिको प्राचिन थलोको संरक्षणको लागी आफुले नेतृत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए । आदीबासी जनजाति महासंघ हङकङका अध्यक्षसमेत रहेका दर्लामी मगरले भने ‘बल्ढेङगढीको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा हामी आजै देखी लाग्छौं । किनकी यो हाम्रो पुर्खाको बिरासत बोकेको ठाउँ हो । ‘ सोही कार्यक्रममा इतिहासबिद विजय सागरले मगरातहरुको राजधानीको रुपमा रहेको बल्ढेङगढीको ऐतिहासीक र साँस्कृतिक महत्वको बारेमा प्रस्टाएका थिए । इतिहासबिद सागरले ‘ विक्रमको १४५० देखी १८०९ सम्म बलिहाङ राना मगर र उनका सन्ततीले हालको पोखरादेखी भारतको गोरखपुर सम्म शासन गरेका थिए । ‘ सोही अवसरमा सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारु मगरले मगरहरुको राजधानी बल्ढेङगढी तराईदेखी जम्मा १५ किलोमिटरको दूरीमा भएता पनि अहिलेसम्म यातायात व्यवस्था नहुदा त्यस क्षेत्रका जनताले भोग्नु परेको सास्ती प्रति दुःख व्यक्त गर्दै नियमक निकायसंग समन्वय गरी तत्काल त्यस क्षेत्रमा नियमित यातायात आवगमनको व्यवस्था गर्ने बताए । बल्ढेङगढी दरबार परिसरमा भएको उक्त कार्यक्रममा सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट साट्टा का अध्यक्ष चन्द्रबहादुर थापामगरले लुम्बिनी र बल्ढेङगढीलाई जोडेर पर्यटन विकास गर्दै विश्वभरिका लुम्बिनी आउने पर्यटकलाई बल्ढेङगढीमा ल्याउन साट्टाले भूमिका खेल्ने जनाए । \"balldhegadhi-1-750\" कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका केन्द्रिय उपमहासचिव टोप अस्लामीले आदीबासी जनजातिको इतिहास बोकेको बल्ढेङगढीको विकास, संरक्षण र प्रबद्र्धनमा अगुवाई गर्ने जनाए । कार्यक्रममा एमाले नेता भरत कुमार पोखरेलले नेपालको समृद्धिको आधार पर्यटन व्यपार भएकोले बल्ढेङगढीको पर्यटन प्रबद्र्धन गर्दै अगाडी गएमा सो क्षेत्र मात्र नभए सिंगो लुम्बिनी समृद्ध बन्ने सम्भावना केलाए । बलिहाङगढी क्षेत्र विकास समितिका अध्यक्ष कमल रायमाझीले मगरहरुको एैतिहासीक सम्पदा बल्ढेङगढीको संरक्षण गर्नु तत्कालको लागी जरुरी रहेकोले सबैसंग सहयोगको अपेक्षा व्यक्त गर्दै विदेशमा रहेर पनि आफ्नो समुदायको राजधानीको बारेमा चासो व्यक्त आउने महानुभावलाई धन्यवाद समेत दिए । बल्ढेङगढी ऐतिहासीक हिसाबले अत्यन्तै महत्वपुर्ण ठाऊ भएता पनि राज्यको उदासीनताको कारण संरक्षण हुन सकेको छैन । तथापी पछिल्लो केही वर्ष यता चर्चामा आउने थालेको हो । ऐतिहासिक दस्ताबेजले पनि बल्ढेङगढी मगर राजाको प्राचिन राजधानी भएकोले यसका संरक्षण आवश्यक रहेको देखाएको छ । संसारमा हिमाल र लुम्बिनी एकै साथ देख्न सकिने उक्त क्षेत्रको पर्यटकीय र ऐतिहासिक सास्कृतिक महत्वलाई संकेत गरेको छ । उक्त क्षेत्रको हावापानिको दृष्टिले पनि अत्यन्तै अब्बल छ । मगरजातिको बाहूल्य बसोबास रहेको उक्त क्षेत्र ग्रामिण पर्यटनकोलागी मह्त्वपुर्ण रहेको देखिन्छ । सो क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटकहरु पनि जान थालेका छन् भने मगर जातिका अगुवाहरुले आफ्नो प्राचिन राजधानीको बारेमा पनि चासो व्यक्त गर्न थालेका छन् । उक्त क्षेत्रको ऐतिहासीक र पर्यटकीय महत्वको बारेमा पहिलोपटक कोरियन प्राध्यापक क्वाक युन हुनले विगत अढाई वर्ष अगाडी चासो राखी सो क्षेत्रको स्थलगत अवलोकन गरेपछि सबैले चासो व्यक्त गर्न थालेका हुन् । विक्रमको चौधौ सताब्दीदेखी करिब ४ सय वर्ष सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ । देउसी भैलोको उद्भवसमेत सोही क्षेत्रबाट भएको ठानीने  बलिहान राना मगरले हालको पोखरादेखी हालको भारतको गोरखपुरसम्म शासन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending