Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

लोकप्रिय मतमा आफु कमजोर हुनमा गम्भीर जालसाजी भएको ट्रम्पको दाबी

\"trump-5-1140\"वासिङटन, १४ मङ्सिर । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हाँसिल गरेका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन । ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डोमोक्रयाटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन् । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन् र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ । रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरेका छन् । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए । पुनः मतगणनाको कार्य हुन नदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरिरहेका छन् र उनले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गरेका थिए । निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएका थिए भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन् । ट्रम्पले ट्विटमा भर्जि्निया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाउनुभएको छ । कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन । रासस एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending