Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भिडन्तकै तयारीमा एमाले

\"cpnuml\"काठमाडौं, १४ मंसिर । चुनावको मिति तय नभएसम्म भिडन्तकै अवस्थामा पनि जानुपर्ने एमालेको तयारी छ । त्यसका लागि एमालेले युवा संघ र विद्यार्थी संगठनमा रहेका सवैलाई परिचालन गरिसकेको छ । राष्ट्रवादी कित्तामा उभिएका कारण अहिले निर्वाचन भए स्थानीय निकायमा कव्जा जमाउनसक्ने अनुमान गरेको एमालेले सरकारको कामलाई विफल पार्ने रणनीति पनि तय गरेको छ । सरकारले ल्याउन लागेको संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लाहरुमा विरोध र प्रतिरोधमा पनि एमालेको सहभागीता सक्रिय रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले निकै जोड दिएर सक्रियताका साध प्रतिरोध गर्नका लागि निर्देशन जारी गरिसकेका छन् । संसदमा एमाले गाणितिय रुपमा कमजोर हुँदै गएपछि ‘संविधान जारी भएपछि आन्दोलनको समय सकिएको’ भन्ने आफ्नै भाषणविपरीत आँधीबेहोरीको चेतावनी दिनुपर्ने अवस्थामा उनी पुगेका छन्। विषेशगरी राप्रपा नेपाल–राप्रपाबीचको एकीकरण र उक्त पार्टीको सरकारतिर झुकाब बढेको संकेतपछि एमाले सबै ठाउँबाट प्रतिरोध गर्ने तयारीमा छ । सदनमा प्रतिरोधको तयारी गरेसँगै सडकमा पनि युवा र विद्यार्थीलाई ल्याएर बरु भिडन्तै गर्नेमा मुडमा ओली पुगेका छन् । यसमा नेता माधवकुमार नेपाल र झलनाथ खनालको पनि साथ रहेको छ । त्यसो त ओलीले राष्ट्रियताको सवालमा सम्झौता नहुने भित्र र बाहिर बोल्दै आइरहेका छन् । भारतले दबदबा राख्न आफ्नो सरकार गिराएका कारणले पनि ओली नयाँदिल्लिसँग चिढिएका छन् । उनले दिल्लिमा पुगेर आफ्नो हुर्मत लिने काम गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको सेखी झार्ने आन्तरिक वैठकमा भन्दै आइरहेका छन् । एमालेलाई सरकारमा जान नदिनका लागि माओवादीले भारत कार्डको उपयोग गरेको र मधेसमा एमाले समाप्त पार्नका लागि संशोधनका नाममा भारतसँग सम्झौता गरेको ओलीको ठम्याई छ । ‘एमालेलाई मधेसमा सिध्याउने नीतिमा माओवादी लाग्यो, कांग्रेसको कार्डको रुपमा उभियो र एमालेसँग सिँगौरी खेल्ने कोशिश गरेको छ, उसलाई संसदीय पद्दतीको पाठ सिकाउनैपर्छ, कडा प्रतिरोधमा लागौं’, एमालेका सवै मोर्चाका नेताहरुलाई ओलीले सम्झाए,‘एमालेले बहुमत ल्याउन पनि जनतामा जागेको राष्ट्रियताको मुद्दालाई अहिले छाड्न हुन्न ।’ १ सय ८२ सीट रहेको एमालेले संशोधनको विपक्षमा उभिँदा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र अन्य साना दलको पनि साथ लिने योजना बनाइएको छ । राप्रपालाई भारतले उपयोग गरेको एमालेको निष्कर्ष छ । ‘राप्रपा नआएपनि बहुमत नपुग्ने अवस्था आउँछ, त्यसअघि संशोधन प्रस्ताव नै टेबुल हुन दिन हुँदैन, संसदमा र सडकमा एमाले देखिनुपर्छ ।’, उनले निकटस्थ नेताहरुलाई भने,‘संगठन नै नभएका पार्टीको आन्दोलनमा मान्छे आउँछन् भने एमालेको आन्दोलनमा आँधीबेहरी नआउने कुरै छैन ।’ एमाले प्रचार प्रमुख योगेश भट्टराईले संशोधन प्रस्ताव दर्ता गरिए त्यही अनुसार पार्टीपंक्ति परिचालन हुने बताए । उनले औचित्य पुष्टि नहुने प्रस्तावको कडा प्रतिवाद गर्न एमालेको सबै तह र तप्का तयार रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending