Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

केपी ओली – एक पहाडी सिके राउत !

बिखण्डनका दुइवटा मतियारहरु सतहमा आएका छन, एक सिके राउत हुन् भने अर्का केपी ओली हुन्
इन्दिरा गान्धीको पालामा नै नेपालको तराई क्षेत्र टुक्र्याएर भारतमा मिसाउने कसरत भएको थियो भन्ने कुरा अब ओपन सेक्रेट जस्तै भयो । सिक्किम बिलय पछि उनको तार्गेट नेपालको बिखण्डन थियो । तर उनले त्यतिबेलालो आमनिर्वाचनमा अनपेक्षित हार बेहोरीन । उनले बनाएको नेपालको तराई टुक्र्याउने योजना तत्कालको लागि टर्‍यो । \"oli_ck\"त्यसपछी भारतको खुफिया एजेन्सी ‘र’ को चलखेल नेपालमा थामिनसक्नु भयो । राजधानी काठमाडौं या बाहिर नेपालका हाई प्रोफाइलहरुको हत्या गराउन ‘र’ले मुख्य भुमिका खेल्यो । त्यसको शिकार मदन भन्डारी देखी राजा बिरेन्द्र समेत बने । दोश्रो जनआन्दोलन पछि पनि ‘र’ को चुरिफुरी घटेन तर मदन भण्डारीको हत्या हुँदा र तत्कालिन राजा बिरेन्द्रको सपरिवार हत्या हुँदा अहिले प्रखर राष्ट्रबादी कहलिन रुचाउने एमाले सत्ताकै वरिपरी थियो । देशमा राजतन्त्र थियो । जसले राजतन्त्रलाई अचुक उपाय देख्छ, राजतन्त्रको पालामा भएको भारतिय हस्तक्षेपको इतिहास र नेपाललाई माया गर्ने मान्छेहरुको हत्याको इतिहास पढे हुन्छ । [caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"]\"ishowar_aryal\" लेखक[/caption] त्यसपछी दिल्लीमा सशस्त्र युद्द औपचारिक ढंगले टुङ्ग्याउने सहमती भएको थियो । जसलाई बाह्र बुँदे सहमती पनि भनिन्छ । केहि बिश्लेषकहरुको कुरा पत्याएर बाह्र बुँदे सहमतीलाई नेपालको दुर्दशा मान्ने हो भने पनि त्यो घात(प्रतिघातको प्रमुख मतियार नेकपा एमाले हो । र त्यस्ता बिश्लेषकहरुले के कुरामा मुखमा पट्टी बाँधेका छन् भने, यदि युद्ध औपचारिक रुपमा नटुङ्गिएको भए त्यसमा मर्ने मान्छेहरूको नयाँ लिस्टमा आफ्नै, आफ्नै परिवारको कोहि सदस्य या आफन्त पर्न सक्थ्यो । त्यतिबेलाको समयमा हिंसा रोक्नु महत्वपूर्ण थियो । भर्खर दुध चुस्ने बेला भएका काखे बच्चाहरूलाई त्यसको बारेमा थाहा छैन र फेसबुकमा लेख्ने गर्छन, बाह्र बुँदेले नेपाललाई भारतियकरण गर्यो । नेपाललाई बिखण्डन गरेर तराई छुट्ट्याउने या नागरिकता बाँडेर नेपाललाई फिजीकरण गर्ने औपचारिक या भनौं द्रुत गतिमा काम भएको जनआन्दोलन पछाडिको समयमा हो । भाग्यबश भनौं या दुर्भाग्यबश भनौं नेकपा एमालेले त्यतिबेला देखी अहिलेसम्म तीन पटक सरकारको नेतृत्व गरिसकेको छ र पछिल्लो प्रचण्डको प्रधानमन्त्रीत्व कालमा बाहेक एमाले प्रतिपक्षमा बसेको अनुभव छैन । यदि सिक्किमिकरणको बिल्ला लगाएर नेपालबाट लेन्डुप छान्ने हो भने पहिलो राउन्डमा नै एमाले र यसको प्रमुख ओली छानिन्छ । तराईमा सिके राउतको जन्म भएको छ । उसले औपचारिक रुपमा मधेसलाई छुट्टै देश बनाउने घोषणा गरिसकेको छ । नाकाबन्दीको बेलामा कहिले कहिले भारत बिरुद्द स्ट्याटस लेखेर नेपाली हुनुमा गर्व गर्ने केहि मधेशी साथिहरु आजकल फेसबुकबाट रातारात सिके राउतको बखान गर्न थालेका छन् । देश बिखण्डनको अनिवार्य शर्त हो, कुनै निश्चित समुदायको मान्छेलाई अर्को निश्चित समुदायसंग घृणा उत्पन्न गराउनु । यदि भारतले नेपालको तराई क्षेत्रलाई टुक्र्याएर आफुमा गाभ्न चाहन्छ भने त्यसको अनिवार्य शर्त हो, मधेशीमा पहाडी प्रती घृणा फैलाउने र पहाडमा मधेशी प्रती घृणा फैलाउने । मधेशमा पहाडियालाई नानाथरी भनेर घृणा फैलाउने एउटा प्रमुख पात्रको नाम सिके राउत हो भने पहाडमा मधेसीलाई सेना लगाएर दमन गर्नुपर्छ भन्ने, सबैलाई देशद्रोही देख्ने, भारत लखेट्नुपर्ने आवाज बेलाबेलामा उठाउने पात्र केपि ओली हुन । यसको अन्य अर्थ नलागोस, तर केपी ओली तराई बिखण्डन गर्नकै लागी अहिले कम्मर कसेर लागिरहेका छन् । उनको यो योजनालाई साथ दिन हजारौं मान्छे दिनरात मिडियामा बोलिरहेका छन् । भारतले नेपालको बिखण्डन गर्नको लागि कुन चरणमा केके काम गरिरहेको छ भनेर जान्न हामिलाई त्यती सजिलो छैन, तर सबैले अहिले नाङ्गो आँखाले देखिएको छ, एक अर्काको समुदाय प्रती घृणा रोप्ने चरणमा भारत छ । त्यसका दुइवटा मतियारहरु सतहमा आएका छन, एउटा सिके राउत हो भने अर्को केपी ओली हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending