Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

जनकपुरमा चाँडै योग शिविर गर्ने रामदेवको वाचा

\"ramdev\" धनुषा, ११ मंसिर। भारतका प्रख्यात योगगुरु बाबा रामदेवले चाँडै नै जनकपुरधाममा साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज दिउँसो १२ बजेदेखि हजारौँको सङ्ख्यामा बाबा रामदेवलाई स्वागत गर्न जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उनले जनकपुरधाम आएर जानकी मन्दिरमा दर्शन गर्न नसकेकोमा दुःख व्यक्तगर्दै चाँडै नै पुनः जनकपुर आई साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । योगगुरु रामदेवले जनकपुरले आफूलाई लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रका रुपमा विकास गर्न सरोकारवालालाई आग्रहसमेत गरे । दिउँसो १२ बजे नै आउने सूचना सम्प्रेषण भएकाले बिहान १० बजेदेखि नै भेला भएको भीडमा साँझ ५ बजे मात्रै आइपुगेका उहाँले स्थानीयको उत्साह देखेर आफू खुसीले गद्गद् भएको बताए । ‘जनकपुर साँच्चिकै महान छ ’ भन्दै अहिलेलाई धेरै समय दिन नसकेपनि चाँडै फेरि जनकपुर आउने र पाँच दिवसीय योग शिविर चलाउने प्रतिबद्धता उनले व्यक्त गरे । जनकपुरमा बाबा रामदेवलाई पतञ्जली योगकेन्द्र, धनुषाका अध्यक्ष सुरेश यादवले योगकेन्द्रका तर्फबाट र जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह ‘हिरा’ ले जनकपुरवासीकातर्फबाट नागरिक अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा काँग्रेसकी सांसद मोक्ताकुमारी यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद दिनेश साह लगायत विभिन्न दलका नेता र उद्योगी सहभागी थिए । नेपाली सेनाको हेलिकोप्टर चढेर आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, उद्योगपति उपेन्द्र महतो लगायतको टोलीसहित आएका रामदेवले जनकपुरको कार्यक्रममा करिब २० मिनेट मात्र समय दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending