Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

किसानले भैंसी सुत्केरी भत्ता पाएनन्

\"buffalo-750\"बैतडी, ११ मंसिर । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैंसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैंसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् । यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बिमा गराएका छैनन् । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले भैँसीको पशु बिमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रति भैँसी रु दुई हजार ५ सय उपलब्ध गराउने गरेको छ । किसानले पशु बिमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताए। “किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह ग¥यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बिमा गराएका छैनन्” उहाँले भने “किसानले भैँसीको एक रु लाखसम्मको बिमा गरेको छ र भँैसीको कारणवस मृत्यु भयो भने बिमा कम्पनीले ९० हजार दिने प्रावधान छ । ” भैंसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बिमा गरिएको हुनुपर्ने प्रावधान छ । तर बैतडीमा कुनै पनि किसानले भैँसीको बिमा नगरेकाले किसानले भैंसी सुत्केरी भत्ता नपाएको समेत डा नवीन घिमिरेले जानकारी दिए । जिल्लाका धेरै किसान पशु बिमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बिमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बिमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने “किसानलाई बिमाको प्रक्रियाबारे थाहा छैन ।” सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैंसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ । भैंसीमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुनु, खर घाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भैंसी निकासी बढेको स्थानीय भैँसीपा लक किसानको भनाइ रहेको छ । निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भैंसी लोप हुँदै गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending