Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

अात्मसमर्पण गरेर प्रहरी गुप्तचरमा काम गर्न थालेकी माअोवादी छापामारको बयान

\"gita-maoist\" यो भारतको छत्तिसगढको बस्तरको सुदूर जंगलको क्षेत्रमा बस्ने आदिवासी युवती मडकम मुक्के अर्थात गीताको कथा हो । गीता सुकमा जिल्लाको कोन्टा प्रखण्डको एक गाउँमा रहेकी युवती हुन् । जुन ठाउमा अहिले पनि त विजुली छ न सडक न अरु कुनै सुविधा । माओवादी रहेकी गीता माओवादी छापामारको बाल संगठनका साथ सानैदेखि जोडिएकी थिइन् । जब उनको उमेर बढ्दै गयो, उनी माओवादीको सांस्कृति समूहमा सहभागी भइन् । जंगल जंगल घुमेर उनी क्रान्तिकारी गीत सुनाउन लागिन् । दुई महिनाअघि मात्रै गीता चिन्तलनार नजिक पोलमपल्ली प्रहरी क्यम्पमा गइ आत्मसमर्पण गरेकी थिइन् । अहिले उनलाई जिल्ला प्रहरी बलमा जागिरसमेत मिलेको छ । यसरी सुनाइन् गीताले जीन्दगीको कहानी मेरो नाम कमडम मुक्के अर्थात गीता हो । म आदिवासी हुँ । म सुक्मा जिल्लाको कोन्टा प्रखण्डको एक दुर्गम गाउँमा बस्ने ब्यक्ति हुँ । मेरो गाउँ घना जंगलकोबीचमा पर्दछ । जहाँ म जन्मे हुर्किएँ । सानैमा म माओवादीको संगठन ‘बाल संघम’ मा जोडिएको थिएँ । धेरै वर्षसम्म म माओवादीसँग नै जोडिए । मलाई माओवादीको सांस्कृतिक समूहले निकै आकर्षण गर्यो । सबैसँग मिलेर मलाइ क्रान्तिकारी गीत गाउन निकै शोख थियो । ताकि मैले बाहिरको जिन्दगी कहिल्यै देखेको थिइनँ । त्यसैले त्यो सांस्कृतिक समूह मेरो लागि निकै रमाइलो लाग्यो । एक दिन म आफै माओवादी नेतालाई भेटेर माओवादीको सांस्कृतिक समूहसँग जोडिने इच्छा ब्यक्त गरेँ । त्यसपछि मैले नाँच्न गाउन सिकेँ । म छिट्टै नै उनीहरुको एक हिस्सा भए । जंगलका गाउँहरुमा गएर जनताकाबीच संगठन बनाउनततिर लागेँ । मलाई एकदमै खुशी थिएँ । जनताकाबीच क्रान्तिकारी गीत गाउँन तथा नाच्न मलाई एकदमै रमाइलो लाग्थ्यो । जंगलमा मनोरञ्जनको कुनै साधन थिएन । त्याहाँ न विजुली, न सडक न फोन । यसकारण जंगलको बीच गाउँमा यही सांस्कृतिक समूह नै एक मात्र मनोरञ्जनको साथ बन्यो । यसबीचमा मैले हतियार चलाउन पनि सिकेँ । तर म धेरै सांस्कृतिक समूहसँग जोडिए । बाहिरको संसार मैले कहिल्यै देखेकै थिइन । मलाई लाग्यो, मैले सबैचिज देख्नुपर्छ,जो मैले र मेरा गाउका जनताले कहिल्यै पनि देखेका छैनन् । यद्यपी माओवादीका साथ जोडिएकै कारण प्रहरी तथ सुरक्षा बलको साथ सधैं नै लुकामारी खेल्नु पर्दथ्यो । एउटा इलाकाबाट अर्को इलाकासम्म भाग्नु पर्दथ्यो । सधैं नै सुरक्षा बलसँग मुठभेडको डर भइ नै रहन्थ्यो । धेरै खराब जिन्दगी थियो । विहान एक ठाउँ भइन्थ्यो, बेलुका अर्को ठाउँ । सधैं नै मनमा डर मडारिरहन्थ्यो । एक दिन मैले आत्मसमर्पण गर्ने फैसला गरेँ । ताडमेटलास्थित पोलमपल्ली सुरक्षा बलको क्याम्प देखेको थिएँ । म त्यही गएर आत्मसमर्पण गरेँ । आत्मसमर्पण गर्ने क्रममा स्थानीय प्रशासनले मलाई पुनर्वासको आश्वासन दियो । स्थानीय प्रशासनले नै मलाई जिल्ला पुलिस बलमा राखिदिए । मैले प्रहरी बलको गुप्तचर शाखाको लागि काम गरिरहेको छु । मलाई बस्नका लागि सरकार घर पनि दिइएको छ । जंगलको बाहिर आएपछि मलाई खुशी लागिरहेको छ । जनतासँग भेटिरहेको छु । यो मेरो दोस्रो जिन्दगी हो । भर्खरै मात्र यसको शुरुवात भएको छ । थाहा छैन, कहाँसम्म पुगिन्छ ? (बीबीसी हिन्दीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy