Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

फार्क विद्रोही र कोलम्बिया सरकारबीच नयाँ शान्ति सम्झौतामा हस्ताक्षर

\"faarc-agreement\"बोगोटा, १० मंसिर । कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । सो शान्ति सम्झौता संसद् (कँग्रेस)मा पेश गरिने छ । यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो । प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो । संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको राष्टपति जुआन मानुअल सान्तोषले बताए । नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उनको विश्वास छ । तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । राष्ट्रपति सान्तोषले पूर्वराष्ट्रपति अल्बारो उरीबेलाई मनाउन धेरै प्रयास गरेका थिए । शान्ति सम्झौता गर्न सफल भएको भन्दै सान्तोषले यस वर्षको नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो । कोलम्बिया सरकार र फार्क विद्रोहीबीच गत २६ सेप्टेम्बरमा पहिलो पटक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जनमत संग्रहले अस्वीकृत गरेपछि अहिले ५७ बुँदे नयाँ सम्झौता गरिएको छ । यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ । सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिएका छन । । संसद्मा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending