Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बदलियो संविधान संशोधनको कोर्ष

\"sambidhan-samsodhan-750\"काठमाडौं, १० मंसिर । संविधानप्रति असन्तुष्ट दलहरुलाई सम्बोधन गर्न भन्दै संशोधन प्रक्रिया अगाडि बढाउने तयारी भइरहँदा संशोधनमा नयाँ कोर्षको थालनी भएको छ । ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २७ दललाई बेवास्ता गर्दै प्रमुख तीन दलबीच संविधान संशोधनमा सहमति जुटाउने प्रयास प्रचण्ड प्रधानमन्त्री भएदेखि नै गरिएको थियो । केपी ओली नेतृत्वको अघिल्लो सरकारको पालामा संविधानको पहिलो संशोधन गरिए पनि मधेसवादी दलहरुले स्वीकार नगरेपछि दोस्रो संशोधनको पहल थालिएको हो । पहिलो संशोधन पनि प्रमुख तीन दलको सहमतिमा भएको थियो । दोस्रो संशोधनमा पनि प्रमुख तीन दलले सहमति जनाएपछि संशोधन हुन कुनै समस्या नहुने भएकाले तीन दलको सहमतिको प्रयास निकै भयो । तर प्रमुख तीन दलमै सहमति नजुटेपछि मधेसवादी दलसँग सहमति जुटाउने प्रयत्न गरियो । मधेसी मोर्चाका अधिकांश नेताहरु सरकारले अघि सारेको पछिल्लो संशोधन प्रस्तावमा सकारात्मक देखिए पनि सबै सहमत हुन सकेनन् । तर पनि मधेसी मोर्चा बाधक नबन्ने समझदारी बन्यो । संविधान घोषणा प्रक्रियाबाटै बाहिरिएको शक्तिले सहमति जनाउँदा प्रमुख प्रतिपक्षी तथा संसदको तेस्रो ठूला दल एमालेले संशोधनमा विमति मात्र जनाएन संशोधन प्रस्ताव असफल पार्न जस्तोसुकै संघर्ष गर्न तयार रहने उर्दी जारी गर्यो । मधेसवादी दललाई सहमत गराउन सीमांकन हेरफेर गर्नैपर्ने बाध्याता छ । त्यही बाध्यताले गर्दा प्रदेश नम्बर ५ लाई हेरफेर गर्दै संशोधन लैजाने तयारी गरिएको थियो । प्रदेश ५ मा रहेको पहाडी जिल्लाहरुलाई अर्को प्रदेशमा गाभ्ने प्रस्तावमा मोर्चा पनि सहमतिमा आएको थियो । तर एमालेले सीमांकनमै खेल्ने रणनीति तय गरेपछि सहमतिको पहिलो ड्राफ्ट ओझेलमा परेको छ । एमालेको पनि सहमति जुटाउने गरी संशोधनमा नयाँ कोर्षको थालनी गरिएपछि संशोधन प्रस्तावमा छलफल बाँकी रहेकाले अगाडि नबढाउने निर्णय मात्र भएन, शुक्रबारको मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरिएको छ । सम्बद्ध स्रोतकाअनुसार एमालेको असहमतिका बाबजुद विहीबार मात्रै केही संशोधन गरी कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकसँग आएको ड्राफ्ट पनि पेण्डिङ भएको छ । स्रोतकाअनुसार संविधान संशोधनबारे नयाँ शिराबाट छलफल थालिएकाे छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका विषयमा अन्य कानूनी परामर्श थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending