Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अन्तर्जातीय प्रेमविवाह गरेकी बिनुको हत्याको अाशंका !

[caption id=\"attachment_103551\" align=\"alignleft\" width=\"480\"]\"binu-pulami-magar\" बिनु पुलामी मगर[/caption] पाल्पा, ९ मंसिर । चार वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेकी बिनु पुलामी मगर पाल्पा हुँगीको असर्दीघाटमा मृत अवस्थामा फेला परेकी छन् । पाल्पाको हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय प्रेम विवाह भएको थियो । परिवारले भने उनीहरुको विवाहलाई अस्वीकार गर्दै आएको स्थानीयले बताएका छन् । चार वर्षअघि प्रेम विवाह गरेकी बिनु दशैंअघिदेखि बेपत्ता भएकी थिइन् । बिनुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । २४ वर्षीया बिनु दशैंँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप लगाएका थिए । बिनुका श्रीमान दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् । बीएससी अध्ययरत बिनुलाइ मगर जातिकी भएकै कारणले दीपेन्द्रका घर परिवारले स्वीकारेका थिएनन् । सडेको अवस्थामा भेटिएको शव बिनुको भएको उनको माइती पक्षले पुष्टी गरेको छ । बिनु बेपत्ता हुँदा समेत खोजी नगरेको भन्दै श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । दीपेन्द्र पनि दुई दिनदेखि फरार रहेका छन् । श्रीमान दीपेन्द्रका बुवा लक्ष्मण बस्याल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन् भने आमा जो दुबै स्थायी शिक्षक हुन् । शिक्षित र राजनीतिक परिवारले जातीय विभेद गर्दै घटना घटाएको भन्दै सवत्र्र विरोध हुन थालेको छ । सत्यतथ्य पत्ता लगाइ दोषीलाई कडाभन्दा कडा करबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । सामाजिक सञ्जालमा पनि दीपेन्द्र र उनका परिवारलाई कारबाही गर्न माग गरिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending