Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

मुआब्जा उपलब्ध गराउन माग

\"kalimati-sadak-750\" काठमाडौँ, ९ मंसिर । कालीमाटी सडक विस्तार नागरिक सरोकार समितिले त्यस क्षेत्रमा सडक विस्तारका क्रममा मुआब्जा उपलब्ध गराउन सरकारसित माग गरेको छ । नागरिकको सम्पत्ति राष्ट्रियकरण गरी सम्बन्धित नागरिकको प्रचलित बजार मूल्यअनुसार न्यायोचित रुपमा क्षतिपूर्ति दिन समितिले माग गरेको हो । सडक विस्तारका लागि विसं २०२३ फागुन २२ गते विष्णुमतीको पुलदेखि सोल्टीमोडसम्मको क्षेत्रमा सरकारले अधिग्रहण गरी विसं २०२८ माघ २४ गते रोक्का फुक्का गरेको समितिका संयोजक सुमन सायमीले जानकारी दिए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अहिले त्यस क्षेत्रमा सडक विस्तारका लागि दैनिक डोजर चलाउँदा सर्वसाधारणलाई आतङ्क भइरहेकाले त्यसलाई बन्द गर्न स्थानीयवासीले माग गरेका हुन् । त्यस क्षेत्रमा शतप्रतिशत निर्माण सम्पन्न मानिएको छ । कुनै विकास निर्माणका आयोजना सुरु गर्नुपूर्व त्यस क्षेत्रका पीडित जनतालाई समयसापेक्ष क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता रामशरण डङ्गोलले बताए । विसं २०२३ मा प्रतिरोपनी रु एकसय ७२ मुआब्जा मूल्याङ्कन गरिएकोमा त्यस क्षेत्रमा तत्कालीन सरकारले प्रतिरोपनी रू पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको बताइएको छ । उक्त क्षेत्रमा घर तथा आवासले आफ्नै किसिमको मौलिकता बोकेको भएपनि सडक विस्तारका नाममा भत्काइने ती बस्तीले एउटा सभ्यताको अन्त्य हुने र ठूलो धनको नोक्सान हुने समितिले जनाएको छ । त्यस क्षेत्रका नागरिकले घरजग्गा कर, मालपोत कर, बहाल कर, व्यावसायिक कर, मनोरञ्जन कर स्थानीय निकायमार्फत सरकारलाई बुझाउँदै आएको स्थानीयवासी प्राध्यापक कृष्ण मानन्धर बताउँछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending