Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

जीविकोपार्जनका लागि गिट्टी कुट्दै बाढीपीडित

वीरेन्द्रनगर, पश्चिम सुर्खेत गिरिघाट शिविरमा बसेका बाढीपीडित पछिल्लो समय जीविकोपार्जनका लागि गिट्टी कुट्न थालेका छन् । सरकारले राहत दिन छाडेको भन्दै उनीहरुले दुई छाक टार्नकै लागि गिट्टी कुट्न सुरु गरेका हुन् । बाढीबाट पीडित भइ शिविरमा बसेको आठ महिना बितिसक्दा पनि सरकारले पुनःस्थापना र राम्रो राहतको व्यवस्था नगरेपछि बाँच्नका लागि गिट्टी कुट्न सुरु गरेको बाढीपीडित बताउँछन् । बिहानभरि नजिकैको खोलाबाट ढुङ्गा बोकेर शिविरनजिक थुपार्ने र दिनभर गिट्टी कुट्न सुरु गरेको उनीहरुले बताए । सरकारले न पुनःस्थापना न त रोजगारी नै केहीको पनि व्यवस्था नगरीदिँदा बाढीपीडितलाई जीविकोपार्जनमा समस्या भएको छ । शिविरमा बसेका ४३ वर्षीय बाढीपीडित टेकबहादुर भण्डारीले सरकारले पुनःस्थापना नगरीदिँदा त्रिपालमा बस्न पनि अब मुस्किल भएको बताए । उनका अनुसार अहिलेसम्म ५० रुपैयाँका दरले ५० कट्ठा गिट्टी बिक्री गरिएको छ । बजारमा १२० रुपैयाँ कट्ठा पर्ने गिट्टीलाई ट्र्याक्टरवालाले ५० रुपैयाँ मात्रै एक कट्ठाको दिने गरेको उनको दुखेसो छ । ५० रुपैयाँबाट बढाएर ८० पु¥याइदिए आफूहरुलार्इ केही राहत हुने उनको भनाइ छ । हरिहरपुर–५ सिस्नेरीमा कृषि खेती गरेर दैनिकी चलाउनले भण्डारीलाई अहिले शिविरमा गिट्टी कुट्न परेको छ । आफ्नो पूर्ण क्षति भएको भन्दै उनले सरकारले चाँडै पुनःस्थापना गरिदिनुपर्ने धारणा राखे । सोही शिविरमै गिट्टी कुटिरहेकी अर्की बाढीपीडित कृष्णा कठायतले पहिले कहिले पनि गिट्टी नकुटेको आफूहरुले अहिले दुई छाक टार्नका लागि गिट्टी कुट्न परेको बताए । खेती किसानी गरेर खाने आफ्नो परिवार बाढीपीहिरोले गर्दा अहिले पालमा गिट्टी कुटेर दुःख गर्न परेको सुनाए । पुनःस्थापना गराई सुरुमा रोजगारीका लागि सरकारले केही व्यवस्था गरिदिए आफूहरु आफ्नो व्यवहार मिलाउने उनको भनाइ छ । यी त केही उदाहरण मात्रै हुन् गिरिघाटनजिक बसेका अधिकांश बाढीपीडितले गिट्टी कुट्न सुरु गरेका छन् । फेरि पनि बर्खा लाग्ने र हावाहुरी लाग्ने समय भएको छ तर सरकारले बाढीपीडितका लागि उचित व्यवस्थापना तथा पुनःस्थापना गर्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies