Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यसरी मुठभेड निम्त्याउँदैछ एमाले

\"uml-leaders\"काठमाडौं, ८ मंसिर । संविधानप्रति असन्तुष्ट रहेका दलहरुको माग सम्बोधन गर्ने गरी हुन लागेको संविधान संशोधनमा अवरोध गरी प्रमुख प्रतिपक्षी दल एमालेले मुठभेड निम्त्याउने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलहरुलाई पनि सहमतिमा लैजाने सत्तारुढ दलको प्रयास असफल पारेर मधेसवादी दलसँग मुठभेड निम्त्याउने तयारी स्वरुप एमालेले देशब्यापीरुपमा जिल्ला कमिटीहरुलाई सकुर्लर गरेको छ । राष्टघात हुने गरी संविधान संशोधन गर्न लागिएको भन्दै एमालेले पार्टी जिल्ला नेतृत्वलाई आन्दोलन चर्काउन निर्देशन जारी गरिएको छ । संविधान संशोधनका विपक्षमा ब्यवस्थापिका संसदमा आफू एक्लो हुने भएपछि सडकबाट आन्दोलन चर्काएर संशोधन असफल पार्ने रणनीतिमा एमाले लागेको छ । मधेसी, जनजाति लगायतका संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन एकमात्र विकल्प भए पनि एमालेले संशोधन हुन नदिएर संविधान नै कार्यान्वयन हुन नदिने र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल पर्ने योजना एमालेको छ । संविधानको दोस्रो संशोधन पनि प्रमुख तीन राजनीतिक दलको सहमतिमा नै गर्ने प्रयत्न असफल भएपछि सरकारले ब्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । तर एमालेले संसदबाट संशोधन प्रस्ताव असफल पार्न नसकिने भएपछि शक्तिकेन्द्रको दबाबमा राष्ट्र हित विपरीत हुने गरी संविधान संशोधन गर्न लागिएको भन्दै कार्यकर्तालाई सडक आन्दोलनमा उतार्ने तयारी गरेको छ । पार्टीकै निर्देशनमा सशक्त मानिने दुई भातृ संगठन अनेरास्ववियु र युवा संघ नेपालले आन्दोलन चर्काउने घोषणा नै गरेको छ । युवा र विद्यार्थी संगठनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी एमालेको सहमतिबिना संशोधन प्रक्रिया अघि बढाएमा देशब्यापी आन्दोलन चर्काउने चेतावनी दिएको थियो । उनीहरुले संशोधनकाविरुद्धमा सडकमा रगतको खोला बगाउन समेत तयार रहेको बताएका थिए । असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधनमा सीमांकन हेरफेर पनि गर्नैपर्ने बाध्यता छ । सीमांकन हेरफेरलाई समेत असफल पार्ने योजनामा प्रदेश ४, ५ र ६ का कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन एमालेले उर्दी जारी गरेको छ । एमालेले संविधान संशोधनमा अवरोध गरी मधेसका विरुद्धमा आन्दोलन चर्काउन लागेपछि मधेसवादी दल पनि प्रतिरोधको तयारीमा छन् । दलहरु मधेसविरोधी भएको भन्दै सशक्त आन्दोलन चर्काउने मधेसी दलहरु पनि मधेसमा तयारीमा लागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले गाउँ गाउँमा क्रियाशील सदस्यता वितरण अभियान चलाएर आन्दोलनका लागि तयारी अवस्थामा कार्यकर्तालाई राखेको छ । अन्य मधेसवादी दलका नेताहरु पनि अहिले मधेसमा नै सक्रिय हुन थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy