Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

अन्ततः सहमतिबाट पछि हट्यो एमाले

\"three-party-meeting\" काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सहमतिबाट पछि हटेको छ । संविधान संशोधनबिना निर्वाचन हुन नसक्ने र निर्वाचन नै नभएपछि संविधान कार्यान्वयन पनि नहुने स्पष्ट हुँदा हुँदै पनि एमाले अन्ततः संशोधनको विपक्षमा उभिने भएको छ । संविधान संशोधन गरी मुलुक सहमतिको बाटोमा गएमा त्यसको जस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जाने भन्दै एमाले सहमतिबाट टाढिएको हो । संविधान संशोधन हुन नहुने भन्दै एमाले नेताहरुले सार्वजनिक अभिब्यक्ति दिँदै आए पनि दलीय बैठकमा भने सीमांकनको विषयमा मात्रै असहमति राख्दै आएका थिए । सीमांकनमा हेरफेर गर्दा अर्को समस्या हुन सक्ने भन्दै एमालेले दलीय बैठकमा अन्य विषयमा संशोधन गर्न सकिने गरी छलफल चलाएको थियो । तर सीमांकनमा हेरफेर नगरी मधेसवादी दलहरु सन्तुष्ट हुन नसक्ने भएकाले सीमांकन हेरफेर गर्नु आवश्यक रहेकोमा माओवादी र कांग्रेसले जोड दिएपछि एमालेले सोही विषयमा खोँचे थाप्यो । असन्तुष्ट पक्षको माग सम्बोधन नगरी निकास निस्कनै नसक्ने बुझेको एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट निकास निस्कन नदिने रणनीति बनाएको छ । संविधानमा सबै पक्षको सहमति आवश्यक पर्ने भन्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति जुटाउन लामो समय प्रयत्न गरे । अन्तिम प्रयत्न स्वरुप सोमबार डाकिएको बैठकमा एमाले सहमतिमा आउनुको सट्टा पुरै प्रतिवादमा उत्रिएको बैठकमा सहभागी माओवादी नेताले बताए । एमालेको असहमतिमा मुलुकलाई अनिश्चियमा राख्न नहुने भन्दै सत्तारुढ दलहरु दलीय सहमतिबिना पनि अघि बढ्ने निश्कर्षमा पुगेका छन् । प्रचण्डले नै संशोधन प्रस्ताव अघि बढाउन नचाहेको मधेसी मोर्चाका नेताहरुले आशंका गरेकाले दलीय सहमतिबिना पनि सरकारकातर्फबाट संशोधन प्रस्तावअघि बढाउने निश्कर्षमा प्रचण्ड पुगेका हुन् । संविधान संशोधनका क्रममा सीमांकनमा मोर्चाको मागअनुसार छलफल गरी सहमतिमै सीमांकन हेरफेर गर्नुपर्ने पक्षमा प्रचण्ड थिए । तर सीमांकनमा छलफल जुटाउँदा सहमति झनै टाढिने भएकाले सात प्रदेशलाई नै आधार मानेर सीमांकन हेरेफेरको प्रस्ताव गरिने भएको छ । सीमांकनको अन्तिम टुंगो आयोगले लगाउने गरी संशोधन प्रस्ताव लैजाने तयारी सरकारले गरेको छ । आफ्नो अबरोधकाबीच पनि अघि बढ्ने संकेत सत्तारुढ दलहरुले दिएपछि प्रमुख प्रतिपक्षी दल एमाले संशोधनलाई असफल पार्ने रणनीतिमा जुटेको छ । सोमवार मात्रै एक भएको ३७ सिट रहेको राप्रपा र अन्य साना दललाई पनि साथ लिएर संशोधन हुन नदिने योजनामा जुटेको छ ।मधेसको विरोध गरेमा राष्ट्रियता देखिने निश्कर्षमा पुगेको एमालेले राष्ट्रियताकै नाराले चुनाव जित्ने सपना पनि बुनेको छ । सोमवार साँझ बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, सुभाषचन्द्र नेम्वाङ उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy