Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

अपराधको नयाँ खेती भारु सटही

\"ic-note\"काठमाडौं, ७ मंसिर । प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साटिदिने भन्दै ठगी सुरु भएको छ । पान पसलदेखि चिया पसलसम्म सजिलै कारोबार हुने एक हजार र पाँच सय दरका भारतीय नोटमा एक्कासि प्रतिबन्ध लागेपछि त्यसको असर नेपालमा समेत परेको छ । नेपाली बजारमा परेको असरको फाइदा उठाउँदै केही दलालले सटही गर्ने भन्दै ठगी धन्दा नै थालेका छन् । आजको राजधानी दैनिकमा खबर छ– अहिले एक हजार भारतीय रुपैयाँ बराबर एक हजार नेपाली रुपैयाँ लिने–दिने गरिएको छ । तरकारी पसलेले जतिको त्यतिमै पैसा साट्न थालेका छन् । उता, नेपालमै बसेका भारतीय नागरिक पनि यसमा सक्रिय हुन थालेका छन् । भारतको पश्चिमबंगाल घर भएका एक भारतीय नागरिक पाँच सय र हजारका प्रतिबन्धित नोटसँग नयाँ नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार भारतको पश्चिमबंगाल शीतलकोची कोचविहार घर भई हाल कलंकी बस्दै आएका ४१ वर्षीय हरेकृष्ण साहले प्रतिबन्धित नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख ठगेका हुन् । साहले रौतहटको झुनखुनुवा गाविस घर भई काठमाडौं बस्दै आएका अब्दुल रहिमबाट ५० लाख ठगी गरेको महाशाखाले जानकारी दिएको छ । अपराध महाशाखाका अनुसार साहले नेपालमा ५० लाख दिने बताउँदै २० लाख भारु भारतमा र बाँकी १६ लाख ५० हजार नेपाली रुपैयाँ नेपालमै दिन भन्दै ग्लोबल बैंकमा विभिन्न व्यक्तिका नामका खातामा हाल्न लगाएर ठगी गरेका हुन् । प्रतिबन्धित भारु साटिदिने भन्दै ठगीमा संलग्न भएका साहलाई अपराध महाशाखाले पक्राउ गरी थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ । त्यस्तै, सीमावर्ती क्षेत्रमा समेत भारतीय नोट सटहीमा ठगी हुन थालेको छ । केही दिनअघि इलामको पशुपतिनगरमा नेपालीहरू ठगिन थालेपछि भारतीय रुपैयाँको सटही काउन्टर स्थापनाका लागि स्थानीयवासीले माग गरेका थिए । सटही काउन्टर नहुँदा सीमावर्ती क्षेत्रमा आएका पर्यटक र सर्वसाधारण स्थानीय व्यापारीबाट ठगिने गरेका छन् । स्थानीय व्यापारीले एक हजार नेपाली रुपैयाँको भारतीय ६ सय २५ रुपैयाँ पाउनुपर्नेमा स्थानीय व्यापारीले ६ सय रुपैयाँ मात्र दिने गरेपछि उनीहरू ठगिएका हुन् । त्यस्तै, सीमावर्ती क्षेत्रमा व्यापारमार्फत संकलन हुने भारतीय रुपैयाँ खरिद बिक्रीका लागि झापाका स्थानीय बासिन्दा पनि ठगिने गरेका छन् । भारतीय पाँच सय र एक हजार रुपैयाँका नोट कारोबार गर्न प्रतिबन्ध गरे पनि पशुपतिनगरमा खुलेआम सामान खरिद गरेझैं भारतीय नेपाली र भारतीय रुपैयाँको खरिद बिक्री हुने गरेको छ । भारतमा बंैक खाता हुनेहरूका लागि केही सहज भए पनि सर्वसाधारण नेपालीका लागि भने निकै कठिन बनेको छ । काठमाडाैंमा व्यवसाय गरेर बसेका भारतीय नागरिकले यस्तो धन्दा चलाउन सक्ने भन्दै प्रहरीले निगरानीमा राखेको छ । महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले नेपाली नागरिकहरूले आत्तिएर भारतीय व्यापारीलाई बराबरी दरमै पनि साट्न लगाउने वा भारतमा खाता भएका व्यक्तिले सस्तो लिने गरी ठगी गर्न सक्ने भएकाले प्रहरी निगरानी बढाइएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending