Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

यात्रु लुट्दै सार्वजनिक यातायात

\"bus-750\"काठमाडौं, ७ मंसिर । दोलखाका राम लामा पुरानो बानेश्वर जान चाबहिलबाट सोमबार माइक्रो बस चढे । गौशला पुग्दा सहचालकले १५ रुपैयाँ भाडा मागे । १५ रुपैयाँ भाडा नभएको दाबी गर्दै रामले १३ रुपैयाँ दिन खोजे । ४ किमीसम्मको भाडा १३ रुपैयाँ हो भन्दा अधिकांश यात्रु छक्क परे । चालक र सहचालकले लामाको कुरा नमानेपछि निकैबेर भनाभन भयो । उनले भाडा सूची मागे । चालकले भाडा सूची नभएको बताए । अाजकाे कान्तिपुरमा खबर छ – आफूलाई ठग्न खोजेको भन्ने लागेपछि लामाले ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागमा गुनासो गर्न खोजे तर नम्बर भेटाएनन् । जनगुनासो सुन्ने ट्राफिक १०३ र विभागको नम्बर गाडीमा नलेखिएको हुँदा लामो÷छोटो दुरीका यात्रुहरु ठगिने क्रम बढेको बढ्यै छ । ‘सार्वजनिक यातायातमा चालक र सहचालकको दादागिरी भयो, जसरी ठगे पनि हुन्छ भन्ने मनस्थिति छ,’ लामाले भने, ‘गाडीमा नम्बर लेखिदिए, यात्रुले तत्काल गुनासो त गर्थे ।’ बस, माइक्रोबस वा ट्याम्पु जुनसुकै सार्वजनिक साधनमा यात्रा गरे पनि १५ रुपैयाँ भाडा तिर्न यात्रुहरु बाध्य छन् । जबकी यातायात व्यवस्था विभागले ४ किमीसम्मको भाडा १३ रुपैयाँ तोकेको छ । तर, यातायात व्यवसायीले यात्रु चढ्ने बित्तिकै १५ रुपैयाँ उठाउँछन् । ‘प्रत्येक सेकन्डमा यात्रुहरु ठगिएका छन्,’ लामाले भने, ‘जिम्मेवार निकायलाई कुनै वास्ता नै छैन ।’ गत माघमा यातायात तथा भौतिक योजना मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सवारी भाडा दर घटाउने निर्णय गरे पनि त्यो हालसम्म कायम हुन सकेको छैन । यातायात व्यवसायीको दबाब र यातायात व्यवस्था विभागको उदासीनताले भाडा दर कार्यान्वयन हुन सकेको छैन । दैनिक यात्रु ठगिने क्रम बढ्दो छ । उपत्यकामा ४ किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ र १९ किलोमिटरसम्म २३ रुपैयाँ भाडा निर्धारित छ । ‘रिङ रोड’ पूरै परिक्रमा गरेको भाडा अधिकतम २४ रुपैयाँ निर्धारण गरिएको छ । तर यातायात व्यवसायीले रिङरोड परिक्रमा गरेको ४० रुपैयाँभन्दा बढी लिने गरेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता टोपराज पाण्डेले नियमभन्दा बढी भाडा लिने सवारी धनीलाई कडा कारबाही गरिने बताए । साथै, सार्वजनिक यातायातमा ट्राफिक र यातायात अञ्चल कार्यालयको फोन नम्बर राखिने उनले बताए । बढी भाडा लिनेलाई १ देखि ५ हजार रुपैयाँसम्म ऐन अनुसार जरिवाना गरिने उनले बताए । ‘त्यस विषयमा सरोकारवाला निकायसँग छलफल गरेर अघि बढ्न सकिन्छ,’ उनले भने । सार्वजनिक यातायातमा लामो अध्ययन अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्य उपत्यकामा दैनिक १२ लाख यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्ने बताउँछन् । प्रत्येक यात्रु घरबाहिर निस्कदा र फर्कंदा गरी दिनमा न्यूनतम करिब २ पटक सार्वजनिक यातायात प्रयोग गर्छन् । ‘यस हिसाबले एक यात्रुबाट दिनमा कम्तिमा ४ रुपैयाँ लुटिइन्छ । १२ लाख यात्रुबाट उपत्यकाभित्रका सार्वजनिक सवारी साधनले दैनिक ४८ लाख रुपैयाँभन्दा बढी ठग्ने गरेका छन्,’ आचार्यले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending