Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कांग्रेसमा कमजोर बन्दै संस्थापन, सशक्त बन्दै सिटौला समूह

\"bp_smriti_bhawan_nepali_congress\"काठमाडौं, ७ मंसिर । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ । कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०÷४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् । कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई÷चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ । ‘नेपाली कांग्रेसभित्र सिद्घान्त र निष्ठा हराउँदै गएकोे छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने । राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट÷उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए । ‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ । अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् । १३औं महाधिवेशनपछि पार्टीभित्र आफ्नो शक्ति देखाउन लागिपरेका कृष्ण सिटौला पक्ष पनि संस्थागत रूपमा निकै बलियो हुँदै गएको छ । सिटौला समूहले महाधिवेशनमा महŒवपूर्ण पद प्राप्त गर्न नसके पनि त्यसपछि भएका भ्रातृ संगठनहरूको निर्वाचनमा चित्तबुझ्दो स्थान प्राप्त गर्दै आइरहेको छ । राजनीतिक विश्लेषक शंकर तिवारी विश्वको इतिहासलाई हेर्ने हो भने गुटलाई नकारात्मक ढंगले हेरेर निरपेक्ष धारणा राख्न नहुने बताउँछन् । ‘विचार र आस्थाका आधारमा स्वच्छ गुट पनि जन्मिएका प्रशस्त उदाहरण छन्, राजनीतिलाई सही मार्गमा ल्याउन गुट नै सफल भएका उदाहरण पनि छन्,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending