Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

एक कल फोन गरेको तीन सय !

\"satlite-phone-750\"म्याग्दी, ६ मङ्सिर । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट रु तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो । मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट तीन सय रुपैयाँ शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय रुपैयाँ र नेपालीलाई दुई सय रुपैयाँ शुल्क लिने गरेका छन् । स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ रुपैयाँ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सयसम्म शुल्क लिने गरेको तिलिजाले बताए । तीन वर्षअगाडि एक लाख ४५ हजार रुपैयाँमा स्याटलाइट प्रविधिको फोन र १२ हजार पाँच सय रुपैयाँमा विदेशी नम्बरको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए । “यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने । उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ । बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गरेता पनि त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ । धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौं पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending