Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : उपराष्ट्रपति

\"pasang_u-hong-750\"काठमाडौं, ६ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल सधै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । सोमबार उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा नेपालका लागि चीनका नवनियुक्त राजदूत यु होङसँग आज भएको शिष्टाचार भेटका क्रममा उनले नेपाली भूमिमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नेपाल सरकारको नीति रहेको उल्लेख गरे । नेपालका सबै राजनीतिक पार्टीका शिर्ष नेताहरु एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताउँदै उपराष्ट्रपति पासाङले चीन विरोधी गतिविधि रोक्न नेपालले जस्तो सुकै कदम चाल्ने बताए । नेपाल र चीन घनिष्ठ छिमेकी राष्ट्र भएको भन्दै उपराष्ट्रपतिले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६१ वर्षमात्रै पुगेको भए पनि दुई देशबीचको मित्रता सम्बन्ध शताब्दीऔँ पूरानो भएको बताए । उनले मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानलगायत अन्य ऐतिहासिक विभूतिहरुले सुरु गरेका दुई देशबीचको सम्बन्ध अहिले नङ र मासुको सम्बन्धको रुपमा विकसित भएको बताए । भेटमा उपराष्ट्रपतिले नेपाली जनता चीनका राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताए । उनले चीनले लिएको वान बेल्ट वान रोडको नीतिप्रति नेपालको समर्थन रहेको भन्दै वान बेल्ट वान रोडको कार्यक्रमबाट नेपालले पनि फाईदा लिनेतर्फ ध्यान दिनुर्छ भने । उपराष्ट्रपति पासाङले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको बताउनुहुँदै राजदूत मार्फत चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह समेत गरेका थिए । भेटमा उनले भूकम्पपछि अवरुद्ध तातोपानी नाका सुचारु गर्न चीनको ध्यानाकर्षण गराए । उपराष्ट्रपतिसँगको भेटमा नवनियुक्त चीनका राजदूत होङले चीन सरकार र चीनका जनताले नेपाललाई सधै उच्च महत्व दिने गरेको बताइन् । राजदूत होङले चीन र नेपाल रणनीतिक साझेदारीका साथ अगाडि बढ्नुपर्ने बताइन् । उनले चीनले दक्षिण एशियाली मुलूकसँग सहकार्यलाई बढाईरहेको जानकारी दिइन् । उनले ब्रिक्स सम्मेलनको क्रममा चीनका राष्ट्रपति सि जिन पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा राष्ट्रपति सीले अनुकुल समय मिलाएर नेपालको भ्रमण गर्ने बताउनुभएको उल्लेख गर्नुहुँदै आफूले जतिसक्दो चाँडो भ्रमण गराउन प्रयास गर्ने बताइन् । राजदूत होङले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएको बताउँँदै चीन सरकारले नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिइन् । उनले तातोपानी नाका खोल्नका लागि अध्ययन भईरहेको बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending