Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

पीडित कञ्चन की मोहन रेग्मी ? यस्तो छ मोहनको बयान

\"mohan_kanchan\" काठमाडौं, ६ मंसिर । कञ्चन शर्मा रेग्मीसँगको पत्रकार सुमन खरेलले लिएको अन्तर्वार्ता यतिबेला निकै चर्चामा छ । काठमाडौंमा रहेको सामाजिक सेवा गर्ने संस्था पवित्र सेवा नेपालले उद्धार गरेकी कञ्चनले आफूलाई श्रीमानले घरबाट निकालिदिएपछि सात वर्षदेखि फोहरको थुप्रोमा फालिएको बताएपछि अन्तरर्वार्ता हेर्ने जो कोहीको पनि आँखा रसाउँछ । दुई सन्तानकी आमा कञ्चनका श्रीमान मोहन रेग्मी नेपाल सरकारका सरकारी अधिकृत हुन् । काभ्रेको धुलिखेलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका सिनियर डिभिजन इन्जिनियर मोहन रेग्मीको ललितपुर टिकाथलीस्थित खरिबोटमा आफ्नै घर छ । बाजुरा जिल्ला कुल्देउमाण्डौ गाविस ९ घर भएका रेग्मी काठमाडौंका टिकाथलीमा बस्छन् । शनिवार अपरान्ह खबरडबली टोली टिकाथली पुग्दा निकै तनावमा देखिन्थे । पीडक भनिएका मोहनले कञ्चन पीडित नभई कञ्चनबाट आफू पीडित भएको दाबीगरे । कञ्चनले दिएको अन्तर्वार्ता सबै प्रायोजित भएको उनको आरोप छ । तर पनि आफू कञ्चनको ब्यवस्थापनका सहयोग गर्न अझै पनि तत्पर रहेको उनले स्पष्ट गरे । कसरी भयो कञ्चन र मोहनको भेट ? मोहन रेग्मी र कन्चन रेग्मीको भेट २०४७ सालको जेठ महिनामा भयो । इन्जिनियर विषयमा स्नातक (बीई) पढ्दै गरेका मोहनलाई कन्चनका भिनाजु घनश्याम शर्माले भेट गराएका थिए । ०४७ सालको जेठ महिनामा काठमाडौंको टुँडिखेलमा एमालेको आयोजित एउटा भव्य कार्यक्रम थियो । उक्त कार्यक्रमको प्रमुख वक्ता थिए मदन भण्डारी । मदन भण्डारीको भाषण सुन्न टुँडिखेल पुगेका मोहनको भेट कञ्चनसँग भयो । कन्चनको भेटपछि भिनाजु घनश्यामले बिवाहको प्रस्ताव गरिहाले, जो मोहनका नजिकका साथी थिए । मोहनले खबरडबलीसँगको पहिलो भेटेदेखिकै बेलिविस्तार सुनाए । कञ्चनका भिनाजुलाई मोहनले भने, ‘अहिले म पढ्दै छु, आर्थिक हिसावले पनि कमजोर रहेकाले बिवाह अहिले नै सम्भव नहोला भने तर मान्दै मानेनन् ।’ त्यसो त विवाह अहिले नै असम्भव भनेका मोहनलाई करकाप गर्न डेरामा धेरै धाए घनश्याम । आफनै साथीले त्यस्तो गरेको देख्दा मोहन बिवाह गर्न राजी भए । कन्चन त्यतिबेला संखुवासभाको खाँदबारीमा थिइन् । त्यहाँबाट कञ्चनलाई उनका भिनाजुले काठमाडौं बोलाए । उनकी जेठी दिदी निर्मला पोखरेलको घरमा कञ्चनसँग मोहनको करिब एक घण्टा कुराकानी भयो । एक घण्टाको कुराकानीपछि बिवाहको टुंगो लाग्यो । मोहन र कन्चनबीच २०४७ असार ३ गते काठमाडौंको पर्याघाट मन्दिर (भूकम्पपछि भत्किएको)मा बिवाह भयो । [caption id=\"attachment_103035\" align=\"alignleft\" width=\"750\"]\"जागिरकाे जागिरको शिलशिलामा मोहन रेग्मी[/caption] कञ्चनसँग बिवाहपछि..... बिवाहपछि करिब ३ वर्षसम्म उनीहरुको सम्बन्ध सुमधुर नै थियो । काठमाडौंको कुम्भेश्वरमा उनीहरु डेरा लिएर बस्थे । मोहन जागिरको सिलसिलामा एक जना ठेकेदारको इन्जिनियर भएर धनकुटा गए । मोहन नभएपछि कञ्चनको कुलतमा लागेको मोहनको दाबी छ । धनकुटाबाट मोहन काठमाडौं फर्किँदा कञ्चन जाँड रक्सी खाने जस्ता कुलतमा फसेको गाइँगुईँ सुने । आफ्नाी पत्नि जाँड खाएर एर होटलतिरै बस्ने गरेको गाँईगुँइ सुने पनि मोहनले पत्याएनन् । त्यतिबेला कञ्चको कोखबाट पहिलो बच्चा जन्मिसकेको थियो । २०५० सालतिरको कुरा मोहन सम्झन्छन्– ‘मैले त देखिन तर घरबेटीकी देउरानीले सबै कुरा सुनाइनन् अनि बल्ल पत्याएँ ।’ दिउँसो नै रक्सी खाएर धेरै पटक सडकमा बेइज्जत भइसकेको रहेछ’ मोहनले भने । त्यसपछि जागिरकै सिलसिलामा मोहन आफ्नो गृहजिल्ला बाजुरा गए । जतिबेला कञ्चनलाई समेतसँगै लिएर गए । कुलतमा लागेको सुनेका रेग्मीले बाजुरामा आफैले त्यस्तो स्थिति ब्यहोर्नुपरेको दाबी गर्छन् । आफू काममा निस्किएपछि कन्चनको काम नै रक्सि खाने मात्रै हुने र श्रीमतिको गतिविधिले गर्दा अन्ततः बाजुरा नै छोडनुपर्नेस्थित आएको मोहन बताउँछन् । [caption id=\"attachment_103036\" align=\"alignleft\" width=\"750\"]\"कञ्चनका कञ्चनका दुर्इ छाेरा (दुर्इ छेउमा) कान्छी श्रीमती र सानो छोरासँग मोहन रेग्मी[/caption] श्रीमतीबाट धेरै तनाव भोगेका मोहनले २०५३ सालमा लोकसेवामा नाम निकाले । लोकसेवामा नाम निस्किएपछि उनी दैलेख पोष्टिङ भए । जतिबेला कञ्चनको दुई सन्तान भइसकेका थिए । दुई नाबालक बच्चासहित कञ्चनलाई पनि मोहनले दैलेख नै लगे । त्यसपछि मोहन दैलेखबाट रुकुम सरुवा भए । मोहनसँग विवाह गर्दा एसएससीसमेत पास नगरेकी कञ्चनले विवाहपछि एसएससी पास गरेकी थिइन् । त्यसपछि मोहन जागिरको शिलशिलामा बाहिर हुन थाले पनि उनी काठमाडौंको पीके क्याम्पसमा पढ्न थालिन् । रुकुम हुँदा पढ्ने रहर गरेकी कन्चनलाई उनले पढ्नकै लागि पैसा पनि पठाए । तर मोहनले पठाएको पैसा सबै मोजमस्तीमा सिध्याएको मोहन बताउँछन् । पीकेको पढाइपछि कञ्चनले नर्सिङ पढ्ने इच्छा गरिन् । नर्सिङ पढ्दा श्रीमानले पैसा नदिएपछि आफ्नो घाँटीको सिक्री बेचेर भर्ना भएको कञ्चनले दाबी गरे पनि मोहन भने नर्सिङ पढ्नका लागि आफूले ८० हजार रुपैयाँ कन्चनको लागि खर्च गरेको बताउँछन् । भर्ना पनि गरेर जथाभावी पैसा सकिएपछि श्रीमानको डरले कन्चनले आफनै गलाको सिक्री बेचेर पढाइ सुरु गरेकी थिइन् । नर्सिंङको ओम अस्पतालमा प्रयाक्टिकल समेत नबुझाएपछि कञ्चनको नर्सिङको पढाइ पूरा नभएको मोहन बताउँछन् । कन्चनले ओम अस्पतालमा ट्रेनिङका क्रममा रक्सि खाएर गई डाक्टरलाई तथानाम भन्दै दुब्र्यवहार गरेपछि अस्पतालबाट निश्काशित गरिएको मोहन बताउँछन् । आमाको कारण छोरामा डिप्रेसन परिवारमा यस्तो कलह भएपछि बच्चाहरुलाई पनि निकै तनाव भयो । आप्mनी आमाको यस्तो व्यवहारले गर्दा नै जेठो छोरा दीपेन्द्रलाई डिप्रेसन भयो । लामो समय डिप्रेसनको शिकार भएका दीपेन्द्रको औषधि उपचार गरेर ठीक भएको छ । अहिले पनि बेलाबेलामा डिप्रेसनको औषधि दिपेन्द्रले खाइरहेका छन् । [caption id=\"attachment_103037\" align=\"alignleft\" width=\"750\"]\"सम्बन्ध सम्बन्ध विच्छेद सम्बन्धी जिल्ला अदालत बाजुराको फैसला[/caption] अनि, सम्बन्ध विच्छेद ! कन्चनले रक्सि खाएर तनाव मच्चाउने, घर बस्न नआउने राति पनि होटेलमै बास बस्ने गर्न थालिन् । कन्चनलाई सुधार्न आफूले निकै प्रयत्न गरेको मोहन बताउँछन् । इन्जिनियरको श्रीमतीको त्यस्तो हालत देख्दा मोहनलाई सैह्य भएन । श्रृंखलाबद्ध रुपमा बेइज्जति भोगे । कञ्चनलाई सुधार्ने मोहनको प्रयत्न काम लागेन । परिवारकै बेइज्जत हुन थालेपछि छोराहरुकै सल्लाहमा मोहनले कञ्चनसँग सम्बन्ध बिच्छेद गर्ने निश्कर्षमा पुगे । [caption id=\"attachment_103038\" align=\"alignleft\" width=\"750\"]\"सम्बन्ध सम्बन्ध विच्छेद सम्बन्धी जिल्ला अदालत बाजुराको फैसला[/caption]   मोहन भन्छन्– तर पटक पटक ‘डिभोर्स’ गरौं भन्दा कन्चनले मानिनन् । उनी गाउँ गएर कुल्देउमाण्डौ गाविसमा सम्बन्ध विच्छेदका लागि निवेदन हाले । गाविसकै सिफारिसमा जिल्ला अदालत बाजुरामा निवेदन परेपछि जिल्ला अदालतले २०६८ साल माघ ३ गते सम्बन्ध विच्छेदको फैसला सुनायो । जिल्ला न्यायाधीस रामेश्वरनाथ अमात्यको इजलासले कञ्चन र मोहनको सम्बन्ध विच्छेदको फैसला गरेपनि फैसला अंशबण्डा लगायतका महत्वपूर्ण विषयमा मौन छ । अदालतको फैसलामा अंशबण्डाबारे मौन देखिनुमा मोहनले अनभिज्ञता प्रकट गरे । तर पनि सम्बन्ध विच्छेदा पछि पनि सामाजिक दायित्व सम्झेर कञ्चनलाई १० लाख रुपैयाँ सहयोग गर्न आफू तयार रहेको मोहन बताउँछन् । गोपिकृष्णको गल्लीमा १० लाख दिन जाँदा... बाजुरा जिल्ला अदालतको फैसलाअघि नै घर छाडेकी कञ्चन काठमाडौंको चावहिल गोपिकृष्ण नजिक आफन्तको बस्ने गरेको मोहनको भनाइ छ । उनी भन्छन्– कञ्चनका दाजुसहित उनलाई भेट्न गोपिकृष्णको गल्ली गल्ली गयौं । जिम्मेवार मान्छेको रोहबरमा पैसा दिन चाहेको थिएँ । तर कञ्चनले १० लाख लिन अस्वीकार गरिन् ।’ त्यतिबेला आफ्नै दाजुलाई समेत लाज लाग्ने गरी कञ्चनले जवाफ फर्काएको मोहन बताउँछन् । निर्मलासँग दोस्रो विवाह जिल्ला अदालतको फैसलापछि मोहन कानूनीरुपमा परिपक्व भए । कानूनी रुपमा परिपक्व भएपछि उनले सोही वर्ष बैतडीकी निर्मला भट्टसँग दोस्रो विवाह गरे । छोराहरुकै सल्लाहमा आफूले २०६८ सालमै निर्मलासँग दोस्रो बिवाह गरेको उनी बताउँछन् । तिनै निर्मला कञ्चनका दुई छोराको कर्म दिने आमा भएकी छन् ।े निर्मलाको कोखबाट पनि मोहनको एक सन्तान भएको छ । ‘कन्चनको बोली प्रायोजित’ कन्तिपुर टेलिजिनका लागि सुमन खरेलसँग कञ्चनले गरेको कुराकानी हृदयविदारक छ । तर कन्चनको बोली नै दीक्षा चापागार्इँद्वारा प्रायोजित बोली भएको मोहनको तर्क छ । सात वर्षमा फोहरको थुप्रोमा फ्याँकिएको कुरा पनि मोहनले अस्वीकार गरे । कहिलेकाँही आफूले काठमाडौंमा नै कसैको घरमा बस्ने गरेको बाटो हिँड्दा देख्ने गरेको मोहन बताउँछन् । ‘यदि ७ बर्षदेखि फोहोरको थुप्रोभित्र बसेको भए उनले पटक पटक मलाई कसरी फोन गरिन ?’– मोहनले उल्टै प्रश्न तेर्साए । त्यसको कल रेकर्ड हेर्ने हो भने अझैं पनि टेलिकममा सुरक्षित नै पाइने मोहनको भनाई छ । डेढ वर्षअघि गएको शक्तिशाली भूकम्पछि कञ्चनले मोहनलाई सम्झिइन् । तर उनको फोन आवेगपूर्ण रहेको मोहन बताउँछन् । गत वर्ष बैशख १२ गतेको विनाशकारी भूकम्पपछि कन्चन आफैले मोहनलाई फोन गरेर ‘ओए इन्जिनियर मेरो घर त भत्कियो, तेरो घर भत्कियो कि नाइँ’ सोधेको मोहनले सुनाए । कन्चनले बेलाबेलामा आफूलाई फोन गरेर थर्काउने अनि अरुलाई पनि थर्काउन लगाउने गरेको उनी बताउँछन् । कहिले पुलिस त कहिले म आर्मी हुँ भन्दै आफूले फोन आउने गरेको मोहनले सुनाए । ‘यो मेरो चरित्र हत्या गर्न सबै झुट र प्रायोजित हो ।’ पटक पटक उनले दोहोर्याए । कञ्चनले अन्तरवार्ताको क्रममा आफ्नो जेठो छोरा ‘टक्सन’ गाडी चढेर हिँड्ने गरेको र आफूले बोलाउँदा हात हल्लाउँदै ‘बाइबाइ’ भन्दै जाने गरेको बताएकी थिइन् । कञ्चनले भनेजस्तो मोहनका छोरा आफ्नै गाडी लिएर हिड्दैनन् । मोहनलाई सरकारी सुविधाको गाडी छ भने छोराहरुका लागि एउटा मोटरसाइकल किनिदिएका छन् । कञ्चनको ब्यवस्थापनका लागि अझै तत्पर कञ्चनले भने जस्तो आफ्नो कुनै माइती छैनन् भन्ने कुरा पनि गलत रहेको पुष्टी भएको छ । कञ्चनले आफ्नो कुनै माइती छैनन् भनेकी छिन् । मोहन भन्छन्– तर कन्चनकी आमा पनि छिन् अनि दाजुभाइ पनि छन् । डिभोर्स नै भए पनि छोराहरुसँगको नाताले गर्दा अन्य परिवारमा सम्बन्ध कायमै रहने मोहन सामाजिक भावनाको कुरा पनि गरे । यति हँुँदा हुँदै पनि मोहन अझै पनि कञ्चनको ब्यवस्थापनका लागि आफूले सहयोग गर्न तत्पर नै रहेको बताउँछन् । फेरि पनि मिलेर बस्न सकिँदैन ? हाम्रो प्रश्न नसकिँदै उनले भने, ‘डिभोर्स भइसकेको मान्छेसँग फेरि कसरी सँगै बस्ने ?’ रक्षा चापागाईँको संस्था होस् वा अरु कुनै जिम्मेवार निकायको रोहबरमा आफूले सहयोग गर्न अझै तयार रहेको मोहन बताउँछन् । यस्तो छ, सुमनसँग गरेको कञ्चनको कुराकानी (हेर्नुहोस् पूरा अन्तर्वार्ता)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies