Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

विप्लब भन्छन्–प्रचण्डले पोस्टर टाँस्नसमेत दिएनन्

[caption id=\"attachment_28343\" align=\"alignleft\" width=\"350\"]\"biplab\" नेत्रविक्रम चन्द[/caption] काठमाडौं, ६ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सम्झौताको एक दशक पुगेको अवसरमा राजधानीमा आइतबार पार्टीनिकट मानव अधिकारवादी संस्था जनअधिकार अभियान नेपालले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै चन्दले यस्तो बताएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ – ‘प्रचण्डको सरकारले हामीलाई महँगीविरुद्ध र राष्ट्रियताको पक्षमा पोस्टर टाँस्नसमेत दिएन, पञ्चायतमा समेत यति साह्रो हुँदैनथ्यो, के अब हामीले प्रचण्डको सरकारलाई प्रजातान्त्रिक सरकार मान्ने ?’ चन्दले भने, ‘सम्झौता गर्ने भए राजासँग पनि शान्ति सम्झौता गर्न सकिन्थ्यो, तर राजनीतिक परिवर्तनको साझेदारी गर्न संसदीय दलहरूसँग आएका हौं, सम्झौतै गर्नुहुन्न भन्ने होइन तर आत्मसमर्पण गरिएको छ । प्रचण्ड र बाबुराम भट्टराईलगायतलाई इतिहास र जनताले दण्डित गर्नेछन् ।’ चन्दले माओवादीका केही नेतालाई ‘व्यवस्थापन’ गरेर, सम्झौताको बाटोमा ल्याएर शान्ति नआउनेसमेत चेतावनी दिए । पुष्पकमल दाहाल र भट्टराई समय क्रममा एक ठाउँमा पुगे पनि जनता उही ठाउँमा छुटेको उनको भनाइ थियो । उनीअघि बोल्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले शान्ति सम्झौताका नाममा त्यस बेलाको पार्टी नेतृत्व पुरानो सत्तासामु ‘लम्पसार परेको’ आरोप लगाए । लोकतान्त्रिक गणतन्त्र आउनु उपलब्धि भए पनि त्यसबाट जनगणतन्त्रमा फडको मार्ने रणनीतिबाट नेतृत्व विमुख भएकाले पार्टीमा उदासीनता छाएको उनको भनाइ थियो । ‘सम्झौता सफल भयो भन्छन्, साथीहरू,’ दाहाल र भट्टराईलाई संकेत गर्दै वैद्यले प्रश्न गरे, ‘पश्चगामीको हातमा सत्ता बुझाएर महान् उपलब्धि भयो भन्ने ?’ उनले क्रान्तिकारी माओवादी शक्तिलाई संसदवादमा लगेर विसर्जन गर्ने शान्ति सम्झौता नै गलत भएको तर्क गरे । तीन ठूला दलको नेतृत्वले आफूलाई गणतन्त्रको ‘बडेराजा ठानेको’ भन्दै त्यसो नगर्न चेतावनी पनि उनले दिए । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पुरानो सत्ताले हराउन नसकेको, आफूहरूले पनि जित्न नसकेको अवस्थामा विस्तृत शान्ति सम्झौता भएको भन्दै त्यसलाई अन्यथा नसोच्न आग्रह गरे । संविधानप्रति नकारात्मक व्याख्या बढी भए पनि दलित, उत्पीडित वर्गका लागि अरू देशभन्दा अग्रगामी व्यवस्था यसमा परेको भन्दै उनले नागरिकताको सवालमा अझै पितृसत्तात्मक सोच देखिएको तर्क गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending