Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

प्रधानमन्त्रीकै अगाडी पुननिर्माण समितिको बैठकमा चर्काचर्की

\"pradhikaran\" काठमाडौं, ६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा दुई उपप्रधानमन्त्री र कार्यकारी निर्देशकबीच चर्काचर्की भएको छ । आजको राजधानी दैनिकमा खबर छ –प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीमाथि काम गर्न नसकेको भन्दै प्रश्न उठाएपछि बैठकमा घम्साघम्सी भएको हो । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि निक्कै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत कार्यकारी निर्देशकमाथि खनिएका थिए । उपप्रधानमन्त्री निधिले निर्देशक ज्ञवालीलाई अहिलेसम्म भूकम्पपीडितले राहत पाउन नसकेको भन्दै त्यसको जिम्मा तपाईंले लिने कि सरकारले भनेर प्रश्न गरेका थिए । ‘तपाईं असफल बन्नुभयो, प्राधिकरणका महत्वपूर्ण काममा चासो दिनुभएन,’ उपप्रधान तथा गृहमन्त्री निधिले बैठकमा भने, ‘अहिलेसम्म भूकम्पपीडितले राहत किन पाएनन् ? जवाफ दिनुहोस, यसको जिम्मा कसले लिने ?’ जवाफका क्रममा निर्देशक ज्ञवालीले सबै दोष आफूलाई मात्र थोपरेर नहुने भन्दै अर्थ मन्त्रालयबाट आवश्यक रकम समेत नपाएको गुनासो गरेका थिए । त्यसलगत्तै अर्थमन्त्री महरासमेत प्राधिकरणले कुनै योजना नै नल्याउने, बजेट नै नमाग्ने अनि अर्थले बजेट दिएन भनेर आरोप लगाउने भनेर ज्ञवालीमाथि खनिएका थिए । बैठकमा माओवादी तथा नेपाली कांग्रेसका मन्त्रीहरुले निर्देशक ज्ञवालीले काम गर्न नसकेको भन्दै असफलताको संज्ञा समेत दिएका थिए । तर, बैठकमै प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट उपस्थित भएका पार्टी उपाध्यक्ष भीम रावलले सरकारले नै पुनर्निर्माणसम्बन्धी काममा चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending