Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

महाअभियोग अलपत्र पारी सभामुखको विदेशमोह

\"Onsari-Gharti-Magar-750\"काठमाडौं, ६ मंसिर । व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । आजको राजधानी दैनिकमा खबर छ – महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन् । प्रमुख दलबीच सहमति नहुँदा महाअभियोग प्रभावित भएको बताएकी सभामुख आफैं विदेश भ्रमणमा निस्किएपछि त्यो अलपत्र परेको छ । गत ९ कात्तिमा सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफल चाडबाड परेका कारण २५ कात्तिकमा मात्रै भएको थियो । तर, त्यसपछि लगातार बैठक बस्नुपर्नेमा नराखी महाअभियोग प्रस्तावमाथिको छलफल धीमा गतिमा अघि बढाइएको हो । आइतबार महाअभियोग प्रस्तावमाथिको छलफल समितिमा पठाउने भनिए पनि पठाइएको छैन । बैठक दिउँसै स्थगित भएको थियो । सभामुख ओनसरी घर्ती मगर आइतबार साँझ एक हप्ते विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोग प्रस्तावलाई आइतबार नै महाअभियोग सिफारिस समितिमा पठाउने घोषणा गरेकी सभामुख घर्ती मगरले त्यसबारे निर्णय नै नगरी अलपत्र छाडेकी हुन् । आइतबार दिउँसो १ बजे सुरु भएको व्यवस्थापिका–संसद्मा कार्यसूचीमा रहेका अन्य सबै विषयलाई हटाएर महाअभियोग प्रस्तावमाथि छलफल सक्ने तयारी उनले गरेकी थिइन् । तर, उनले जम्मा तीनजनालाई मात्र छलफलमा भाग लिन समय दिएकी थिइन् । जसमा एमालेका टुकराज सिग्देल, ममता गिरी र जनकबहादुर बूढाले मात्र भाग लिएका थिए । कार्यसूचीमा कम्पनी (पहिलो संशोधन) विधेयक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकलाई प्रवेश गराइएको थियो । तर, उनको त्यो तयारी गरे पनि त्यसबारे कुनै निर्णय नै नगरी १४ मंसिरसम्म बैठक स्थगित गरेकी हुन् । उनी आइतबार राति रसिया प्रस्ताव गरेकी छन् । उनी १२ मंसिरमा नेपाल फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्तीमगरको यस निर्णयप्रति सांसदहरूबाटै विरोध भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending