Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हल्लैहल्लामा सत्तारुढ दलले नै गर्यो नवलपुर बन्द

\"nawalparasi\"कावासोती, ५ मंसिर । सरकारमै रहेको दलले सीमांकन हेरफेर गर्न लागिएको हल्लाकै भरमा आइतबार विहानैदेखि नवलपरासीको नवलपुर क्षेत्र बन्द गराएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ र तरुण दलले नवलपुर क्षेत्रलाई पनि प्रदेश पाँचमा समेट्ने गरी हेरफेर गर्न लागिएको भन्ने हल्लाकै भरमा आइतबार गरेको बन्दले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । सत्तारुढ दलकै भातृ संगठनले गरेको बन्दले गर्दा राजमार्गमा समेत सवारी सञ्चालन अवरुद्ध भएको छ । नवलपरासीको दाउन्नेदेखि गैंडाकोटसम्म पूर्व पश्चिम राजमार्गमा समेत गाडी चल्न नदिएर उनीहरुले विहानेदेखि अवरोध गरिरहेका छन् । अन्य बन्दमा सुरक्षा दिएर स्कटिङ्मा गाडी सञ्चाल गर्ने प्रहरीले नै बर्दघाटबाट गाडी फर्काइदिएका छन् । सरकारले संविधान संशोधनका क्रममा सीमांकन हेरफेर गर्न लागेको हल्लाकै भरमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको भातृ संगठनले राजमार्ग नै अवरोध गर्ने गरी जिल्ला बन्दको आह्वान गरेको हो । अहिलेको संविधानमा नवलपरासीको दाउन्ने पूर्वको क्षेत्रलाई प्रदेश नम्बर ४ मा समेटिएको छ । कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले सीमांकन हेरफेरसहितको संविधान संशोधनको तयारी गरेको छ । संशोधका क्रममा अहिले टुक्राइएको नवलपरासी जिल्लालाई एउटै जिल्ला कायम गरी प्रदेश पाँचमा समेट्ने हल्ला चलेको छ । यसअघिको सीमांकनमा कांग्रेसको भातृ संगठन नेविसंघ र तरुण दलले नै जिल्ला टुक्राउन लागिएको भन्दै विरोध गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending