Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

बैतडी, ५ मङ्सिर । बैतडीको पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए । पाटनलाई सांस्कृतिक नगरीका रुपमा नमुना सहर बनाउने कार्यअन्तर्गत काम भइरहेको छ उनले भने, “चालु आवमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइडसम्म पुग्ने बाटो निर्माण कार्य भइरहेको छ ।” यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने, चिस्यान केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालु आवमा सुरु गरिने आयोजना प्रमुख शाहले बताए । यस्तै पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एसियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ सहर आयोजना कार्यालय, पाटन बैतडीले जनाएको छ । पाटन प्याराग्लाइडिङका लागि पनि निकै राम्रो ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना रहेको जनाइएको छ । विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन सहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवाका लागि रोजगारीका सम्भावना रहेको छ । अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँ सराइ गरिरहेको र हजारौँ युवा शक्ति विदेश गइरहेकाबेला पाटन नै नयाँसहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टले भनाइ रहेको छ । सरकारले आव २०६७÷६८ मा पाटनसहित १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending