Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अझैं छाउँगोठमै बस्छन् महिला

\"chhau-pratha-750\"जुम्ला, ४ मङ्सिर । यहाँको रारालिही गाविस जुम्लाका महिनावारी भएका र सुत्केरी महिला अहिले पनि छाउँगोठमै बस्दै आएका छन् । राज्य मातहतका स्थानीय सरकारी निकाय र गैर सरकारी सङ्घ/संस्थाले छुई प्रथा न्यूनीकरण अभियान थालेको बेला रारामा यो समस्या अहिले पनि कम नभएको देखिएको हो । उनीहरु महिनावारीका बेला सात र सुत्केरी हुँदा १८ दिन छाउँगोठमा बस्ने गरेको स्थानीयवासी धना बुढाले बताए। सुत्केरी र महिनावारी हुँदा छुनुहुँदैन भन्ने कुप्रथाका कारण महिलाले फोहर गोठमा बस्दै आएको सीता मावि रारालिहीमा कक्षा १० मा अध्ययनरत हिमा रावतले बताए । म १४ वर्षकी भए, भर्खरै मात्र महिनावारी हुँदा सात दिनसम्म फोहर र चुहिने गोठमा बस्नुप¥यो । तर यसअघि विद्यालयमा आयोजित छाउ विरुद्धको सचेतनामूलक कार्यक्रममा गोठमा नबस्ने अठोट गरेकी थिए, उनले भने । त्यसरी गोठमा बस्दा आफूलाई निकै असुरक्षित र अन्याय महसुस भएको उनले प्रतिक्रिया दिए । तर पूखौदेखि चलिआएको समाजको रीतिरिवाजका विरुद्ध बोल्दा आफू एक्लिनुपर्ने उनको भनाइ थियो । सुत्केरी र महिनावारी हुँदा घरको जगभित्ता छुन नहुने, पशुचौपाया छँुदा बहुलाउने, बोटबिरुवा छुँदा कुहिने अन्धविश्वासी मान्यताका कारण पशुगोठमा बस्नुपरेको स्थानीय महिला शक्ति बुढाले दुखेसो गरे । उनले भने, ‘गाउँमा कोही रोगी बिरामी हुँदा धामीझाँक्रीले छुइछुतोका कारण देवता लागेको भन्छन्, देवताको डरले पनि अलग्गै गोठमा बस्नुपरेको हो ।’ नेकपा (माओवादी केन्द्र) गाविस इकाई कमिटिका अध्यक्ष सुवास बस्नेतले माओवादी सशस्त्र युद्धकालमा पनि यो समस्या हटाउन नसकिएको स्वीकार गरे । जकडिएको रुढिवादी संस्कृतिका कारण आफ्नो परिवार बाहेक समाजको विद्यमान छुई प्रथा न्यूनीकरण गर्न नसकिएको उनले बताए । स्थानीय महिला अधिकारकर्मी बास्मती बस्नेतले छुई प्रथा न्यूनीकरणका नाममा एनजिओ/आइएनजिओले करोडौं डलर खर्च गरेर आफ्नो स्वार्थ पुरा गरेपनि समाजमा कुरीति कायमै रहेको धारणा राखे । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले सदरमुकाम एरियामा गोठमै नभई अलग्गै कोठा बनाएर बस्ने गरेको बताए । संयोजक महतले छाउप्रथाका कारण बढिरहेको महिला हिंसा र मानव अधिकार हनन्का घटनामा सरकारी ध्यान नगएको जिकिर गरे। छुई प्रथाले जाडो याममा महिलाको जीवन झनै कष्टकर बन्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending