Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनकपुर/जयनगर रेल्वेका अमूल्य सामग्री जीर्ण बन्दै

\"jankpur-rail-750\"धनुषा, ४ मङ्सिर । नेपालको एक मात्र रेल सेवा जनकपुर जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रममा बन्द भएको करिब तीन वर्ष पूरा हुन लागेको छ । तर नेपाल रेल्वेसँग अहिले रहेको रेल्वेका सामग्रीको संरक्षणमा सम्बन्धित पक्षले ध्यान नदिँदा जीर्ण बन्दै गएको छ । संसारमा नै कही नभएको न्यारोगेजका– पाँचवटा कोइला इन्जिनलाई सरकारको नेपाल रेल्वे कम्पनीले संरक्षण गर्न नसक्दा ती इन्जिन कबाडीमा जाने अवस्थामा परिणत हुन लागेका छन् । नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १८ जना कर्मचारी खटाए पनि उनीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपुर्जादेखि कारखानामा रहेका अन्य सामग्री समेत चोरी हुन थालेको छ । जनकपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको वैदेही स्टेसनस्थित नेपाल रेल्वेको कारखानामा थन्काइएका रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनलाई संरक्षण गरिए त्यसवाट पर्यटकीय फाइदा लिनसक्ने अवस्था रहे पनि त्यस तर्फ ध्यान नदिनु दुर्भाग्यपूर्ण रहेको जनकपुरवासीको भनाइ छ । संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञानका शिक्षक उपेन्द्र ठाकुर बताउछन । वैदेही स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्र्याउनसकिने उनको भनाइ छ । सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यति बेला एउटा इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए । आफनो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुन्छ । त्यस बेला तत्कालीन सरकारले आफँै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् । संरक्षणका लागि खटाइएका १८ जनामध्ये कारखानामा एकजना पनि नभेटेपछि नेपाल रेल्वे तथा मेट्रो विभागका इन्जिनियर एवम् जनकपुर साइट कार्यालयका प्रमुख विनोद ओझासँग सम्पर्क गर्दा संरक्षणको काम आफूहरुको जिम्मा नरहेको बताए । प्रमुख झाले बताउनुभयो– ‘संरक्षणको लागि नेपाल रेल्वे कम्पनीले १८ जना कर्मचारी खटाएको र हाम्रो काम त निर्माणाधिन परियोजनाको रेखदेख मात्र रहेको छ ।’पर्यटकीय तथा धार्मिक नगरीको रुपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनका म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकास थप टेवा पुग्ने प्रायः निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending