Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘नेपाल हाम्रो दोस्रो घर’

काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ महानगरपालिकाले मकालु र कञ्चनजङ्गा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई आज नागरिक अभिनन्दन गरेको छ । मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नारायणहिटी सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा २० भन्दा बढी आरोहीलाई सम्मान गरिएको हो । सन् १९५५ मे १५ मा मकालु र मे २५ मा कञ्चनजङ्गा हिमालको पहिलो आरोहण सफल भएको थियो । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार ४६३ मि) र तेस्रो अग्लो कञ्चनजङ्घा (आठ हजार ५८६ मि) हिमाल हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेशराज आचार्यले नेपाललाई विश्वसामु पहिचान गराउने हिमाल आरोहणको हीरक महोेत्सवले विश्व पर्यटन बजारमा नेपालको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले नेपाल पर्वतारोहणका लागि सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्न महोत्सव उपयोगी हुने बताए । कामपाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापा र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महोत्सवको भूमिका हुने बताए । युनियन अफ इन्टरनेसनल एसोसिएसनका अध्यक्ष फ्रिस्ट भ्रिजल्याड, युनियन अफ अल्पाइन क्लबका अध्यक्ष डा इन जोडलीले जलवायु परिवर्तनका कारणले नेपालका हिमाल कालो पत्थरमा रुपान्तरित भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । “नेपाल हाम्रो दोस्रो घर जस्तै लाग्छ, यहाँका सुन्दर हिमालयले हामीजस्ता धेरैलाई आकर्षित गरिरहन्छन्, त्यसैले हामीलाई यहाँ आइरहन मन लाग्छ”–आरोहीहरुले भने । त्यसअघि टुँडिखेलबाट ठमेल, लैनचौर हुँदै नारायणहिटी सङ्ग्रहालयसम्म प्रभातफेरि आयोजना गरिएको थियो । प्रभातपफेरिमा स्वदेशी तथा विदेशी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending