Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

आफ्नै साथीको घाँटी रेट्ने युवती

गत २ कात्तिकमा विराटनगरका मुरारी चापागार्इंको धानबारीमा एक युवकको शव भेटियो । शव गन्हाइसकेको थियो । हातमा ट्याटु थियो, जसमा लेखिएको थियो– अंकित । त्यो शव तिनै अंकित दाहालको थियो, जो हराएको भन्दै चार दिनअघि उनका बुबाआमाले प्रहरीमा निवेदन दिएका थिए । मोर्डन कलेजमा १२ कक्षामा पढ्ने उनको शव घाँटी रेटिएको र हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । शवको प्रकृति हेर्दा उनको हत्या भएको स्पष्ट थियो । दसैँ भर्खरै सकिएको थियो । ठूलोबुबाको घरमा टीका लगाएर उनी निस्किएका थिए । खाना पनि नखाई उनी हतार–हतार साथी भेट्न निस्किए । आफ्ना प्रिय साथीहरू भेट्न निस्किएका उनी तिनै साथीबाट मारिए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीका अनुसार लागुऔषधका कारण उनको ज्यान गएको थियो । अंकित लागुऔषध सेवन गर्थे । उनी आफैैँ लागुऔषध किन्न जोगबनी जाने गर्दथे । साथीहरूसँग समेत पैसा लिएर उनी लागुऔषध खरिद गरेर ल्याउँथे । धेरै पैसा लिएर थोरै मात्र लागुऔषध दिने गरेकाले टाइली भन्ने फूलकुमारी उरावसँग उनको झगडा हुँदै आएको थियो । अंकित पनि झगडालु थिए । [caption id=\"attachment_102659\" align=\"alignleft\" width=\"320\"]\"फूलकुमारी फूलकुमारी उराव ‘टाइली’[/caption] त्यो दिन अंकितको हत्या गर्ने योजनासहित टाइलीले पाँचजना साथीलाई बोलाएकी थिइन् । उनले अंकितलाई भेट्नेबित्तिकै लागुऔषध खान भनेर एकान्तमा लगिन् । त्यहीँ दुईजनाबीच कुटाकुट भयो । अन्य चारजना आएर उनलाई थप कुटपिट गरे । हातखुट्टा बाँधेर मुख छोपिदिए । त्यसपछि एकान्तमा लगेर टाइलीले नै उनलाई चक्कुले घाँटीमा रेटेकी थिइन् । अर्का युवराज भन्नेले पेटमा खुकरीले हानेका थिए । हत्यापछि धानखेतमा लगेर शव फालेका थिए । शव फेला परेको भोलिपल्ट उनीहरू सबैलाई पक्राउ गर्न सफल भएको एसपी भण्डारीले बताए । प्रहरीले हत्यामा संलग्न टाइलीसहित टिम्बा भन्ने सुकेदव उराव, डाइलर भन्ने युवराज परियार, हन्टर भन्ने सार्जन खरेल र सुरज उरावलाई पक्राउ गरेको हो । उनीहरूलाई २९ कात्तिकमा अदालतले जेल चलान गरेको अनुसन्धान अधिकृत इन्स्पेक्टर गणेश सापकोटाले बताए । पक्राउ परेका सबैजना लागुऔषध दुव्र्यसनी हुन् । टाइली र टिम्बा तीन महिनाअघि मात्र चोरी मुद्दामा पक्राउ परेर धरौटीमा छुटेको एसपी भण्डारीले बताए । ‘लागुऔषधकै कारण यो हत्या भएको हो,’ एसपी भण्डारी भन्छन्, ‘युवावर्गमा लागुऔषधको ठूलो समस्या छ ।’ लागुऔषधको समस्या बढेपछि प्रहरीले केही महिनायता लागुऔषध नियन्त्रण टोली नै गठन गरेको छ । पाँच अभियुक्तको बयान रेट्न थालेपछि ऊ करायो म लगायत डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव, सुरज उराव, हन्टर भन्ने सार्जन खरेल र अंकित दाहालसमेत एक–आपसमा मिल्ने सँगै हिँड्ने साथी हौँ । कहिलेकाहीँ हामी सबैजना लागुऔषधसमेत सेवन गर्ने गथ्र्यौं । दसैँको वेला मैले अंकित दाहाललाई तीन–चारपटक लागुऔषध ल्याउन भनी पैसा दिई भारतको जोगबनी पठाएकी थिएँ । उसले लागुऔषध ल्याई हामीलाई नदिई एक्लै प्रयोग गरेका हुँदा मलाई रिस उठेको थियो । मैले उसलाई मार्ने कुरा गरी घटना हुनुभन्दा दुई–तीन दिनअगाडि नै गरेको थिएँ । मदरल्यान्ड स्कुलमा हामी पाँचैजना भेला भई उपयुक्त मौका पर्नासाथ अंकित दाहाललाई मार्ने सरसल्लाह भयो । यसैक्रममा २८ असोजको गते साँझ डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव, हन्टर भन्ने सार्जन खरेल, सुरज उराव र म विराटनगर–६ स्थित चाँदनी चोकमा भेला भई चुरोट खाँदै थियौँ । बेलुका साढे सात बजेतिर अंकित आइपुग्यो । ऊ आएपछि पाँचैजना भई दिल्ली पब्लिक स्कुलको पूर्वपट्टि बाटोमा पु¥याई मैले सुरजलाई गाँजा बनाउँदै गर भनेँ । तिमीसँग केही गफ गर्नु छ भनी अंकितलाई लिएर एकान्तमा गएँ । त्यसक्रममा ऊसँग मेरो वादविवाद भयो । मैले सुरजलाई बोलाएँ । सबैजना आए । पाँचैजनाले अंकितलाई लात्ती र मुक्काले कुटपिट ग¥यौँ । अंकित कराउँदै फुत्किन खोज्दा उसले लगाएको भेस्ट र ट्राउजर फुक्लियो । सुरजले ट्राउजरको तुना तानी उसको साथमा भएको खुकुरीले काटी दुई टुक्रा बनायो । एक टुक्रा टिम्बा भन्ने सुकदेव उरावलाई दियो । युवराज परियार, हन्टर भन्ने सार्जन खरेल र म भएर अंकितलाई लडायौ । सुरजले अंकितको दुवै हात पछाडि लगी बाँध्यो र टिम्बा भन्ने सुकदेव उरावले दुवै खुट्टा बाँधेपछि सुरजले भेस्टले टाउको छोपी दियो । त्यसपछि मैले आफूले बोकेको चुप्पी निकाली अंकितको घाँटीमा रेट्दा ऊ कराउन थाल्यो । सुरज उरावले उसको मुख थुनी आफ्नो साथमा रहेको खुकुरी निकाली डाइलर भन्ने युवराज परियारलाई दियो । युवराजले खुकुरी लिई अंकित दाहालको पेटमा प्रहार गर्‍यो । अंकित छटपटाउन थाल्यो । जुनेली रात भएको हुँदा कसैले टाढैबाट देखी थाहा पाउन सक्ने भएकाले हामी पाँचैजनाले उसलाई घिसार्दै, बोक्दै धानबारीभित्र पुर्‍यायौँ । मैले पुनः आफूसँग भएको चुप्पीले अंकितको घाँटी रेटिदिएँ । त्यसपछि ऊ चल्न छाड्यो र हामी भाग्यौँ । आजको नयाँ पत्रिका दैनिबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending