Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मधेसी मोर्चा पनि चुनावको तयारीमा

\"07082016070002Madhesi-Morcha-1-1000x0-750\"काठमाडौं, ४ मंसिर । संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् । आजको गोेरखापत्र दैनिकमा खबर छ – २०७४ माघसम्म तीनैै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको तयारीमा सरकार रहेकाले मधेसी मोर्चाका नेताहरू पनि आन्दोलन छाडेर चुनावको तयारीमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमै गएर निर्वाचनको तयारी गर्न निर्देशन दिएको र निर्वाचन आयोगले पनि तोकिएको समयमा नै चुनाव गराउने भनेपछि चुनाव हुने ठहरका साथ मधेसवादी दलहरू चुनावको तयारीमा लागेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो लक्ष्य चुनाव गराउनु रहेको र त्यसअघि संविधान संशोधन गराउनमा ध्यान केन्द्रित गरेका छन् । मधेसी मोर्चाका नेताहरूले सीमाङ्कनको विवाद नटुङ्गिएसम्म कुनै पनि चुनाव हुन नदिने चेतावनी दिइरहे पनि संवैधानिक बाध्यता नवुझेका छैनन् । संविधान कार्यान्वयनका लागि चुनाव आवश्यक रहेको भन्दै नेपाली काँग्रेस र एमालेले चुनावलाई लक्षित गर्दै तराई मधेसमा विभिन्न अभियान सञ्चालन गरिरहेकाले पनि मधेसी मोर्चामा आबद्ध दलहरू पनि घोषित अघोषित रूपमा चुनाव लक्षित गतिविधिमा लागेका छन् । जिल्ला जिल्लामा चुनावी तयारीको गतिविधि बढ्न थालेपछि मधेसवादी दलका नेताहरू पनि चुनावको तयारीमा जुटेको पार्टी सम्बद्ध स्रोतले जनाएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी लगायतले तराई मधेसमा विभिन्न अभियान सुरु गरिसकेका छन् । तमलोपा सदस्यता वितरण अभियान सुरु गर्दै तराई मधेसका गाउँगाउँ छिरेको छ भने सङ्घीय समाजवादी फोरम नेपालले पनि सदस्यता वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending